Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

दुर्गा प्रसाईंले भने, अब बैंकको पैसा तिर्छु

काठमाडौं । व्यवसायी दुर्गा प्रसाईँले आफूलाई पक्रेर देखाउन सरकारलाई चुनौती दिएका छन् । २० दिन दिल्ली बसेर फर्केका प्रसाइले त्रिभुवन विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै उनले आफ्ना अंगरक्षकबाट खोसिएको हतियार एक हप्ताभित्र फिर्ता गर्न अल्टिमेटम पनि दिए । प्रसाईँलाई सरकारले पक्राउ गर्न लागेको चर्चाबीच उनी दिल्ली पुगेका थिए । उनले दिल्ली जानुको कारण खुलाएनन् । उनी पहिलेभन्दा अझै आत्मविश्वासी र उत्तेजक रुपमा पत्रकारमाझ पेश भएका थिए । प्रसाईंले सुरुमा आफ्नो मेडिकल कलेजलाई सम्बन्धन दिन अदालतले गरेको आदेशको स्वागत गरे । १३ वर्षसम्म आफूलाई अन्यायमा पारिएकोमा अदालतले न्याय दिएको उनको प्रतिक्रिया छ । हामीलाई मेडिकल कलेज खोल्न आशय पत्र दिइयो तर १३ वर्षसम्म सम्बन्धन नदिएर रुवाएर, तड्पाएर राखेका थिए । अदालतबाट सम्बन्धन दिने आदेश भएको छ । देशमा नय मरेको छैन भन्ने प्रमाणित भयो । न्यायपालिकालाई धन्यवाद, उनले भने ।प्रसाईंले अब एफिलियसन आएपछि कलेज चलाउने र बैंकको लोन चुक्ता गर्ने बताए । म बैंकको पैसा तिर्छु । अब लडाइँ झन् एग्रेसिभली जान्छ । अब मसित पैसा पनि हुन्छ, लडाइँ पनि गर्छु । क्लियर कुरा यही हो, उनले भने । यति भनेपछि उनी सरकारविरुद्ध खनिए । आफ्ना अंगरक्षकलाई पक्राउ गरिएकोमा उनको चर्को आक्रोश थियो थियो ।


सम्बन्धित समाचार