Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । सरकारले राजावादी अभियन्ता दुर्गा प्रसाईंसँग वार्ता गर्न चार सदस्यीय वार्ता टोली गठन गरेको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सोमबार सहसचिव लिलाधर सुवेदीको संयोजकत्वमा वार्ता टोली गठन गरेको हो।
प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानले विभिन्न माग अघि सार्दै आन्दोलन घोषणा गरेपछि सरकारले वार्तामार्फत समस्या समाधान गर्ने पहल थालेको जनाएको छ।
प्रसाईंले गत साउन २९ गते राष्ट्रिय मानव अधिकार आयोगमा समेत आफ्ना मागहरू प्रस्तुत गरेका थिए। ती मागका विषयमा छलफल गरी समाधान खोज्न सरकारका तर्फबाट वार्ता टोली गठन गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ।
वार्ता टोलीमा गृह मन्त्रालयका सहसचिव ज्ञानेन्द्र काफ्ले, अर्थ मन्त्रालयका सहसचिव महेश आचार्य र भूमि व्यवस्था, सहकारी मन्त्रालयका सहसचिव डिलाराम पन्थी सदस्य छन्।
सरकारले प्रसाईंसँग वार्ता गरी उनका माग तथा आन्दोलनका विषयमा सहमतिको बाटो खोज्ने तयारी गरेको छ।
२०८३ भाद्र २
ताजा नेपाल
२०८३ भाद्र २
ताजा नेपाल
२०८३ भाद्र २
ताजा नेपाल