Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
धेरै साथीहरूले जिज्ञासा राख्नुभयो दुर्गा प्रसाईं को हुन् ? दुर्गा प्रसाईं खुल्ला हुनुहुन्छ । उहाँ माओवादी पनि हो, एमाले पनि हो, अहिले हिन्दूअधिराज्यको एजेन्डामा देखिनुभएको छ । अहिले उहाँलाई तिनै माओवादी र एमालेहरूले राजाबादी भन्दछन् । कहिलेकाहीँ डाइरेक्टरले चलचित्र निर्माणका क्रममा एउटै पात्रलाई फरक फरक भूमिका दिएको हुन्छ नेपाली राजनीतिमा पनि त्यस्तै देखिन्छ । यो दुर्गा प्रसाइको हकमा मात्रै होईन सबैमा छ । चर्चमण्डली अध्यक्ष पास्टर डा. केबि रोकाय अहिले हिन्दू अधिराज्यबादी । बिगतमा नेपालका हिन्दू मराउन युरोपेली चर्चबाट १४ अरब सहयोग ल्याए उहाँ आफै भन्नुहुन्छ । फेरि उहाँले मैले गल्ती गरेभनेर इसाई परित्याग गरेर स्वधर्ममा फर्कनु भएको पनि छैन तर पनि उहाँ हिन्दू अधिराज्यबादी । बासबारिमा कार्यालय रहेको बिश्वहिन्दू महासंघ अन्तर्राष्ट्रिय समितिसँग उहाँको घनिष्ठ सम्बन्धछ त्यसलाई पनि राजावादी नै भन्दछन् । तर राजाको कुनै पनि बाद छैन । कुनै समय बिपि कोइरालाको फाँसी माग्ने सुर्यबहादुर थापा पुत्र अहिले खाटी काँग्रेस, कोमल वलि बहुदलीय जनवादको ब्याख्या गर्ने अब्बल एमाले, सैनिक जनरल कुमार फुदुङ क्रान्तिकारी माओवादी । डाइरेक्टरले जे भुमिका दिन्छ कलाकारले त्यहीँ निभाउने हो । दुर्गा प्रसाइले पनि त्यस्तै भुमिका कुशलता पुर्बक निभाइ रहनु भएको छ । हामीले पुरानो कुरा याद गर्दैनौं । कतिलाई याद छ कुन्नि २०६४ सालमा सडकमा सबैभन्दा ठूला गणतन्त्रबादी गगन थापा र नरहरि आचार्यलाई गिरिजाप्रसाद कोइरालाले कोइला निवास बिराटनगरबाट दरबार वरिपरिको घेराले चलाएको खुलासा गर्नुभयो । तर यहाँका मिसनरी मिडियाले त्यो सुनेको नसुने जस्तै गरे ।
अहिले ठिक दुर्गा प्रसाइलाई पार्टी भित्रका एमाले, माओवादी, काँग्रेसका सेना, प्रहरीका गुप्तचरहरू राजाबादी भन्दै आलोचना गरेजस्तो गरेर प्रचार गरिदिने अनि गगन थापा र नरहरिलाई जस्तै मिडियाले हिरो बनाइदिने नाटक चलिरहेकै छ । दुर्गा प्रसाइले मिटरब्याजिको समस्यादेखि गोबिन्द केसी जस्ताले मेडिकल आन्दोलन गरेर नेपाली विद्यार्थी विदेश लैजाने वातावरणमा काम गरेको जस्ता वदमासको भण्डाफोर पनि गरेकाछन् त्यो सकारात्मक नै छ । नापि बिभागको निर्देशक हुँदा नेपालको लिम्पियाधुरा लिपुलेक नेपाली नक्साबाट हटाउने कथित प्रायोजित नेपाली मिडियाको सिमाबिद्द बुद्धिनारायण श्रेष्ठको लिम्पियाधुरा लिपुलेक छोडेर बंगलादेशको बाटोसँग साट्ने भन्ने इन्डियन षड्यन्त्रको बोली दुर्गा प्रसाईं पनि बोल्दै आइरहेका छन् । यतिमात्रै होइन, उनले आफूले नेतृत्व गरेको आन्दोलन असफल भए नेपाललाई भारतमा बिलय गराइदिए हुन्छ, ५० हजारमा मोटरसाइकल र तीन लाखमा गाडी चढ्न पाइन्छ भन्ने जस्ता उट्पट्याङ, गैर जिम्मेवार र हावादारी अभिव्यक्ति दिँदै आएका छन् । यो गम्भीर विषयहो । लिम्पियाधुरा लिपुलेक नेपालहो र यो भुमि सट्टापट्टीको कुरागर्नेहरू इन्डियनकै अनुचरहुन । जहाँसम्म उहाँको हिन्दूराष्ट्रको मुद्दा छ त्यो भन्दा पुर्ब हिजो उहाँ माओवादी बनेर माओको आवरणमा चलाइएको छद्म इसाई हिंसाबारे उहाँको आफ्नो सम्लग्नता केका लागि ? केबि रोकाय र उहाँ दुबै माओवादी इसाई अपराधीक हिंसाका सहयोगी । अहिले दुबै हिन्दू अधिराज्यका पक्षधर । यो उहाँहरूलाइ डाइरेक्टरले दिएको भुमिका अनुसारकै कलाकारिता हो । कहिलेकाहीँ कलाकारले भुमिका फरक फरक निभाउ छन्, दर्शकले त्यहीँ कलाकारको भुमिका हेरेर टिप्पणी गर्दछ । अहिलेको दुर्गा प्रसाइजिको अभियान, कोमल ओलिसँगै बहुदलीय जनवादको प्रशिक्षण दिने केपी ओली, शंकर पोख्रेल, महेश बस्नेत, रामकुमारी झाक्री, सैनिक जनरल कुमार फुदुङ, पूर्व अञ्चलाधिस सूर्यबहादुर सेन ओलिसँगै समाजबाद उन्मुख यात्रामा हिँडेका कथित माओवादीहरूको टिप्पणी कलाकारलाई डाइरेक्टरले दिएको भुमिका निभाएको मात्रै हो । घुमाउरो रुपमा सिंगो एमालेले विरोध गरे जस्तो गरेर दुर्गा प्रसाईको आन्दोलनलाई सहयोग गरिरहेको छ । २०४६ सालपछि गणेशमान र कृष्णप्रसादलाई किनारा लगाएर गिरिजाप्रसाद कोइरालालाई स्थापित गर्न गिरिजाप्रसाद कोइरालाविरुद्ध तत्कालिन माले, एमाले र मसालले विरोध गरे जस्तो गरेर यस्तै काम गरेका थिए । जुन काम एमाले र ओलीले अहिले दुर्गा प्रसाईको हकमा गरिरहेको छ । सेना प्रहरीसँग मिलेर एकीकृत जनक्रान्ती गर्ने नेत्रबिक्रम चन्द अहिले माधब, उपेन्द्र, प्रचण्डकै मोर्चामा आइपुग्नु भएको छ, उहाँले पनि विरोध गरे जस्तो गरेर दुर्गा प्रसाईलाई सहयोग गरिरहनुभएको छ । डाइरेक्टरको निर्देशन मान्ने न हो । यहाँ देख्दा फरक देखिए पनि मिशन एउटै छ, त्यो हो इन्डो पश्चिमा मेशिनरी राजनीतिलाई कसरी सुरक्षित गर्ने ?
यहाँ लडाइँ कुनै वाद र बिचारको होइन
लडाइँ राजतन्त्र र गणतन्त्रको पनि होइन । नेपाल एकीकरण बिरोधि र पक्षधरको हो । अबको लडाइँ हिन्दू र बौद्ध आवरणमा देखिने इन्डो÷पश्चिमका मतियारहरूसँग हो । जसको नसो भ्याटिकनसँग जोडिएको छ । १) ५० लाख टाउकोको मुल्य तोक्ने शेरबहादुर र तोकिने प्रचण्डलाई कुन बादले जोडिदिएको छ ? २) प्रचण्डको नेतृत्वमा उप प्रधानमन्त्री सहित सतामा जाने राजतन्त्रबादी भन्ने कमल थापा र राजेन्द्र लिङदेनलाई कुन बिचारले जोडिदियो ? ३) आफुलाई कथित कम्युनिस्ट भन्ने केपि ओलि एमाले र कमल थापा, राजेन्द्र लिङदेनलाइ निर्वाचनमा कुन बिचारले जोडिदियो ? ४) आफ्नै कार्यकर्ताको घाटी रेटि रेटि मारेका माओवादीसँग कांग्रेसलाई कुन बिचारले गठबन्धन गराइदियो ? ५) नेपालका सनातनी हिन्दूहरूको हत्या गर्न माओवादी हिंसालाई सहयोग युरोपियन चर्चबाट ल्याए भन्ने पास्टर केबि रोकायलाई कुन बादले हिन्दू अधिराज्यबादी बनाइदियो ? ६) माओवादी हिंसालाई सहयोग गरेर नेपाली हिन्दू मराउने आर एस एस र भाजपालाई कुन बिचारले नेपाल हिन्दूरास्ट्र हुनुपर्ने बनाइदियो ? ७) आफ्नै सैनिक जवानको हत्या गरेका माओवादीसँग सभासद बन्न गएका सैनिक जर्नेल कुमार फुदुङलाई कुन बिचारले जोडिदियो ? ८) माओवादी आतंककारी हिंसाका मतियार यामबहादुर अधिकारीलाई कुन बादले सैनिक जनरल बनायो ? ९) माओवादी हिंसामा सहभागी भएर भ्याटिकनको आडमा हिन्दू मराउन सहभागी दुर्गा प्रसाइलाई कुन बादले राजतन्त्र र हिन्दूबादी बनाइ दियो ? यहाँ कुनै वाद र बिचार छैन । केवल नेपाल एकीकरण बिरोधि र पक्षधरको लडाइँ हो । इन्डो÷ पश्चिमा र इन्डो÷ पश्चिमा बिरोधि बिचको लडाइँ हो । अरु फगत देखाउने दारामात्रै हुन चपाउने दात भिन्नै छन् । १०) युनिफिकेशन चर्चका एकनाथ ढ्काललाइ कुन वाद र बिचारले एमाले बनायो ? ११) पास्टर बिना लामालाई कुन बिचार र बादले राप्रपा बनायो ? झोलेहरू अझै बिचारको बहस भन्दैछन । केहि प्रायोजित पात्रहरू भिड देखाएर सडकमा चिल्लाए जस्तो होईन परिवर्तन । १) दरबार हत्याकाण्डको छानवीन गर्न गणतन्त्रबादीलाई कस्ले रोक्यो ? २) मदन भण्डारीको हत्या छानवीन गर्न एमालेलाई कस्ले रोक्यो ? ३) गिरिजाप्रसाद कोइरालाको आत्महत्या र शुशिल कोइरालाको हत्याको छानवीन गर्न काँग्रेसलाई कस्ले रोक्यो ? ४) नारायणहिटि दरबार छोडदा पत्रकार सम्मेलनमा मेरो बोलिदिने कोहि भएन भन्ने राजा ज्ञानेन्द्र बिरबिक्रम शाहकापछि अहिले भिड कस्ले लगाइदिएको छ, किन ? यी कथित राजतन्त्रबादीहरू त्यतिबेला कहाँ थिए ? ५) राजा र हिन्दूरास्ट्र चाहियो भन्ने सेना र प्रहरीका भिजिलान्तेहरू गणतन्त्र घोषणापूर्ब कहाँ थिए ? मुक्तिको लडाइँ सजिलो बाटोबाट हुदैन र उतेजनाले पनि काम गर्दैन । दुश्मनको शक्ति आकलन गरेर मात्रै अघि बढनु बुद्धिमानी हुन्छ । हेडक्वाटरमै बैचारिक बम बर्साउ । अहिले नेपाल एकीकरण बिरोधिले सेना, अदालत, पार्टी कब्जा गरेको अवस्था हो र लडाइँ तिनिहरूकै हेडक्वाटरसँग हो । काँग्रेस, एमाले, माओवादी, राप्रपा या विभिन्न अभियन्ताका नाममा चलिहरेका नाटक मञ्चन फगत नेपाली जनता झुक्याउने चालबाजी मात्रै हो । मुल लडाइँ नेपाल एकीकरण विरोधी र पक्षधरको हो । यहाँ कुनै वाद र विचारको लडाइँ छैन । तर भिजिलान्तेहरु अर्थहिन, औचित्यहित वाद र विचारको बहस गरिरहेका छन् सबैलाई चेतना भया ।
२०८१ मंसिर ७
ताजा नेपाल
२०८१ मंसिर ७
ताजा नेपाल
२०८१ मंसिर ७
ताजा नेपाल