Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

दुर्घटनामा पत्रकार अधिकारीको मृत्यु

काठमाडौं । सप्तरीको बक्साहामा जीप दुर्घटना हुँदा पत्रकार डायलसन अधिकारीको मृत्यु भएको छ । सप्तरीको कञ्चनरुप नगरपालिका ११ मा शनिबार बिहान भएको दुर्घटनामा अन्य चार जना घाइते भएका छन् । बा १६ च २२३५ नम्बरको जीप दुर्घटनामा रुपन्देहीको तिलोत्तमा नगरपालिका– ३ का ३५ वर्षीय अधिकारी रेडियो नेपालमा कार्यरत थिए । घाइतेमध्ये चालक अशोक भण्डारीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
घाइतेहरुलाई उपचारका लागि विराटनगर लगिएको छ । पत्रकार अधिकारीसहितको टोली तिलोत्तमा नगरपालिकाले आयोजना गर्न लागेको लगानी सम्मेलनका लागि पूर्वतर्फ जाँदै थियो ।


सम्बन्धित समाचार