Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

दुवै नेताको अडान यथाबत

काठमाडौं । नेकपा एमालेको विवाद उत्कर्षमा पुगेका बेला केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपालबीचको सम्वादहिनताको अवस्था तोडिएको छ भने एमालेका नेता तथा कार्यकर्ता पँक्तिमा भने उत्साह देखिएको छ । । लामो समयपछि दुई नेताबीच आज काठमाडौंस्थित मेरियट होटेलमा दुई घण्टा लामो भेटवार्ता भयो । एमालेभित्रको आन्तरिक विवाद उत्कर्षमा पुगेको बेला भएको ओली र नेपालबीचको भेटवार्ताले पार्टी एकता हुने विश्वास लिईएको छ । उनीहरुबीच सकारात्मक कुराकानी भएको भनिएतापनि दुवै नेताले आफ्नो अडान कायमै राखेका छन् । ओलीसँगको भेटवार्ता सम्पन्न गरेर होटेलबाट बाहिरिने क्रममा नेता नेपालले मिडियालाई भने कुनै प्रतिक्रिया दिएनन् । नेता नेपाल अहिले केही नबोल्ने भन्दै पन्छिए । तर, उनले साथीहरुसँग छलफल गरेपछिमात्रै प्रतिक्रिया दिने उनको भनाई थियो । लगत्तै उनले आफूनिकट नेताहरुसँग ओलीसँगको भेटवार्ताबारे जानकारी गराएका थिए । उता, ओलीले पनि आफूनिकट नेताहरुसँग माधव नेपालसँगको भेटवार्ताबारे ब्रिफिङ गरेका थिए । आजको भेटमा ओलीले पार्टीमा बिना शर्त फर्कन आग्रह गरेका थिए । तर, नेता नेपालले फागुन २८ गतेको निर्णय फिर्ता लिनुपर्ने अडान राखेका थिए । पार्टीलाई एकताबद्ध बनाएर लैजानको लागि २०७५ जेठ २ गतेभन्दा अघिको अवस्थामा फर्किनुपर्ने माधव नेपालको अडान थियो । तर, ओलीले भने आफू सबै कुरा मान्न तयार भएको तर फागुन २८ गतेको निर्णयबाट ब्याक नहुने अडान राखे । दुवै नेताले आ आफ्नो अडान राखेका थिए । दुवै नेताबीच पूनः छलफलमा जुट्ने सहमति भएको छ । ओलीले कारबाही नगर्ने तर फागुन २८ गतेको निर्णयबाट अब ब्याक हुन नसक्ने अडान दोहोर्याएका थिए । नेता नेपालले २०७५ जेठ २ गतेअघिको अवस्थामा पार्टीलाई नफर्काए एक हुन नसक्ने चेतावनी दिएका थिए ।