Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

दुवै प्रहरी लथालिङ्ग

काठमाण्डौ । ठूलाका लागि ठूलै पद र दरवन्दी थप्न ढिलाई नगर्ने, जो सडकमा खट्छ घटनास्थल पुग्छ उसको पदीय बदुवामा चासो नदिने गृहमन्त्रालय र प्रहरी प्रधान कार्यलयको प्रशासन महाशाखा सङ्गठनकै निम्ति काल बनेका छन् । यस्तो भद्रगोल शसस्त्र प्रहरीमा पनि छ । राजनीतिक नेतृत्व सत्ता स्वार्थ, गुटबन्दीको दलदलमा फसेको समयमा नेपाल प्रहरीमा ६ हजार पाँचसय, शसस्त्र प्रहरीमा ८ हजार पाँचसय दरबन्दी खाली हुँदा ती सङ्गठनले कस्तो सेवा दिन सक्लान्् ? तीनका आईजीपीको फूर्ति कस्तो होला ?

\दूवै सङ्गठनले जवानदेखि निरिक्षकसम्मका दरवन्दी पूरा गर्न खुला प्रतिस्पर्धाको व्यवस्था गर्छन् । राजनीतिक रूपमा सुरक्षा अङ्गलाई चुस्त, सक्रिय बनाउने चासो नलिने ढाेंगी चरित्रका गृहमन्त्री भएको बेला प्रहरी र शसस्त्रले सङ्गठनको आवश्यकता पूरा गर्न सक्दैनन् । गृहमन्त्री रामबहादुर थापा नालायक र असक्षम छन् भन्ने कुरा उनको तीन वर्षे कार्यकालमा दूवै तिर १५ हजार दरवन्दी खाली हुनुले छर्लङ्ग गर्दछ । बलात्कार काण्डका अपराधी र तस्करीतन्त्रप्रति यीनको सोचाई नै गलत छ ।

देशको सेवा र सुरक्षा गर्ने प्रहरी शसस्त्र प्रहरी जति जनताको निकट भएर काम गरेको हुन्छ निजामति प्रशासन टाढा हुन्छ । त्यहाँ पनि भ्रष्टचार कम्युनिष्ट शासनमा जनता सर्वाेपरी ठानिन्छ । तर नेकपाको ओली गुटलाई जनताको सर्वाेपरीताप्रति चासो छैन । गुटको स्वार्थमा ठूलो लेनदेन गरेर अपराधी बचाउने भ्रष्टचारी जोगाउने संस्कृतिको सम्बृद्धिलाई चम्काउन कम्युनिष्टका कलङ्कहरू सफल छन् ।

नेकपाको उद्देश्य र लक्षलाई भ्रष्टचार कमिशन तन्त्रले डुवाएको बेला सैद्दान्तिक विचलनको खडेरी लाग्दै छ । यस्तो बेलामा देशको शान्ति सुरक्षाको जिम्मेवारी लिएको गृहमन्त्रालय नेपाल प्रहरी, शसस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभागको महत्वप्रति राज्यको ध्यान नपुग्नु भनेको सरकारको असफलता हो । आफ्ना कुरा विभागीय मन्त्रीबाट सुनुवाई हुँदैन भने सङ्गठनको आवश्यकतालाई लिएर प्रधानमन्त्रीसमक्ष पुग्ने आँट आईजीपी द्वयले देखाउन नसक्नु अर्काे असक्षमता हो । सङ्गठनको आवश्यकताको ख्याल गर्ने प्रमुखहरूले हो ।

चेन अफ कमाण्डमा चल्ने संस्थाको मर्म गृहले बुझ्ने हो । तर गृहले नीतिगत निर्णय नगर्दा दुवैैतिर वृत्ति र विकास रोकिएको हो । प्रधानमन्त्री ओलीलाई गुटका दलालको स्वार्थमा सार्वजनिक खरिद ऐन विपरित मन्त्रीपरिषदको निर्णयबाट अर्बाैका योजना ठेक्का लगाउनु परेको छ । ३० वर्षे जागीरमा १५ वर्ष एउटै पदमा रहन वाध्य प्रहरीको पिडामा चासो छैन । त्यही कारण राज्यको धन खर्चेर पेशागत रूपमा दक्ष भएको जनशक्तिले पद त्याग गर्न बाध्य छ । प्रहरीमा जागिर पूरा गरेर व्यापारी फर्ममा जागिर खान लज्जित नहुने टीम पनि नभएको होइन । अपराधी र तस्करसँग प्रहरीकै सम्बन्ध हुन्छ ।

प्रहरीमा आफू सेवारत रहदा सङ्गठनको इज्जत बचाउन नसक्नेहरूलाई सुन तस्कर, ज्यानमारा, अपराधीको संरक्षक भएकोमा ग्लानी भएन । ७५ हजार दरवन्दी भएको नेपाल प्रहरीमा आन्तरिक बदुवा नहँुदा डिआईजीदेखि एसपी, डिएसपी, निरिक्षक, सई, असई, हवल्दार, जवान गरी ६ हजार ३८ जनाले सेवा छोडेको अवस्थामा खाली ठाँउ भर्ने तर्फ चासो पुगेको देखिँदैन । ०७४ देखि हालसम्मको अवस्था सुरक्षा निकायका लागि अन्धकार भएको छ । यो सत्य मन्त्रीले नबुझे पनि सचिवले बुझ्नु पर्ने हो ।

दरबन्दी आवश्यकताको बारेमा छलफल हुने समस्याको समाधान नहुनुको कारण नै गृहमन्त्रलयको नालायकीपन हो । प्रहरी र शसस्त्रमा राजनीतिक पहँुचका आधारमा ठूलो पदका ठालुहरूको सरुवा बढुवा हुन्छ । तर सङ्गठनको आन्तरिक संरचनाको अवस्थामा चासो नपुग्दा संस्थागत प्रतिष्ठा खस्कन पुगेको हो । अहिले सीमा सुरक्षा, औधोगिक सुरक्षा, कुटनीतिक र भिभिआईपीको सुरक्षाको जिम्मा पाएको शसस्त्र प्रहरी सेनाको जडौरी हतियारबाट जनयुद्धको प्रतिकार गर्दै राज्यको सेवामा खटेको जनशक्ति हो । माओवादीको जनयुद्धमा शसस्त्रको भिडन्त निकै चर्चामा थियो ।

ठूलो पदप्रति बढी चासो लिने नेतृत्वले तल्लो तहप्रति चासो दिँदैन भन्ने कुरा जागिर त्यागेका असईदेखि प्रहरी जवानसम्मको सङ्ख्या ठूलो हुनुले प्रमाणीत गर्दछ । सङ्गठनको अनुसन्धान घटनाको विज्ञता जो हुन्छ उसैलाई अपमान गर्ने घामट शैली र सामान्तवादी चिन्तन नै शसस्त्र र नेपाल प्रहरीमा हटेको छैन । राज्यसँग आवश्यक दरवन्दी समेत लिन नसक्ने, दिलाउन नसक्ने विभागीय मन्त्री हुँदा संगठनहरूमा यस्तै हुन्छ ।

– ताजा नेपाल डटकमबाट


सम्बन्धित समाचार

धितोपत्र बोर्डका प्रवक्तामा घिमिरे

२०८१ मंसिर १४

ताजा नेपाल

यस्ता नेताले जनता बुझेनन्

२०८१ मंसिर १४

ताजा नेपाल

संयन्त्रको हैकम चम्कदै

२०८१ मंसिर १४

ताजा नेपाल