Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

देउवा,ओली र प्रचण्डको बालुवाटारमा त्रिपक्षीय बार्तालाब हुदै

प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष नेता केपी शर्मा ओलीबाट भेटवार्ता हुने भएको छ । प्रधानमन्त्री देउवालाई भेट्न आइतबार अपरान्ह ४ बजे अध्यक्ष ओली बालुवाटार जाने भएका हुन् ।
अध्यक्ष ओलीका प्रेस विज्ञ रामशरण बजगाइँका​ अनुसार समसामयिक विषयमा छलफल हुने छ । शनिबार राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेका ओलीले आज देउवासँग भेटवार्ता गर्न लागेका हुन् । आजको भेटमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि सहभागी हुने बताइएको छ । साथै ओलीसँग एमाले महासचिव शंकर पोखरेल पनि भेटमा जाने भएका छन् ।
प्रधानमन्त्री भएपछि पहिलोपटक ओली बालुवाटार जाँदैछन् । प्रधानमन्त्रीबाट बहिगर्मनपछि असार ३० गते ओलीले बालुवाटार छोडेका थिए । यसअघि पुस २४ गते ओलीलाई भेट्न देउवा बालकोटपुगेका थिए । त्यसपछि पहिलो पटक देउवा र ओलीबीच भेटवार्ता हुँदैछ ।


सम्बन्धित समाचार