Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । जसले विशेष महाधिवेशनको विरोध ग¥यो त्यो आफैंले अवैधानिक करार गरेको सभापतिको हस्ताक्षर भएको पत्र लिएर चुनावमा जाँदा महाधिवेशन पक्षधरकै अगाडि कसरी टिक्ने होला ? नबोले पनि विजय गच्छदार, केन्द्रीय समितिको बहुमत पक्षको निर्णयका हकदार हुन् भने विमलेन्द्र निधिले गगन र विश्वप्रकाश पक्षलाई अवैधानिक भनेका थिए । नेता कृष्ण सिटौलाले निर्वाचन आयोगले वैधता दिएको सर्वोच्च अदालतले समेत अवैध भन्न नसक्दा समेत गगन नेतृत्वलाई अस्वीकार गरेका छन् । उनकै कारण कुन्दनराज काफ्ले गगन–विश्व नेतृत्वबाट टाढिए । त्यसो त हिजो खुमबहादुर खड्कालाई गुरु मानेका रामहरि खतिवडाले पाएको टिकट कुमार लुइँटेलले उछिट्याउँदा हिस्स भए । उनी कुलदेवी पक्षधर थिए । शंकर भण्डारी दुवैतिर देखिएन । पार्टी महासमिति बैठकमा नेपाली हिन्दू धर्ममा केन्द्रीत हुनुपर्ने प्रस्तावसहित सभापतिलाई ज्ञापन पत्र बुझाउने नेता नै भण्डारी हुन् । काँग्रेसलाई धर्म निरपेक्षताबाट बाहिर ल्याउने स्व खुमबहादुर खड्काको योजना थियो । उनको निधनसँगै त्यो एजेन्डा जसले बोक्यो ऊ खड्कोको भक्त हो । रामहरिलाई मौकाको फल चाख्ने नेताका रुपमा लिइन्छ । कुलदेवीकै कारण खतिवडा संसदको गरिमा बचाउने सरकारलाई निर्देशन दिन सक्ने सामाजिक तथा न्यायीक समितिको सभापति छँदा कर्मचारीको कुलिङ पिरियडका विषयमा विवादित बनेर पद त्याग्न बाध्य भएका पात्र थिए । काँग्रेसमा तत्कालिन सभापति देउवा कै कारण डडेलधुराको नेतृत्व केन्द्रीय सत्तामा जोडिन पाएन । यस पटक देउवालाई थान्को लगाएर नैनसिंह महर उम्मेदवार भएका छन् । यही स्थिति प्रकाशमान सिंहको छ । ०७९ को निर्वाचनमा थोरै मतले जितेका प्रकाशमान पनि छ भाई सकुनीमध्येका जब्बर हुन् । उनले पनि टिकट पाएनन् । डा. शशांक थन्किए । सुजाताले साथ दिए पनि नेतृत्वले मोरङ २ मा डा. मिनेन्द्र रिजाललाई उठायो । डा. शखेर कोइरालाले टिकटको अपेक्षा गरेका थिएनन् जबर्जस्त लिएका छन् । उनीसँग एमालेका विनोद ढकाल माओवादीका ओपेन्द्र राय भिड्दैछन् । ०७४ मा लालबाबु पण्डितबाट पराजित डा. शेखर ०७९ मा माओवादीको गठबन्धनबाट निर्वाचित भए । तर सरकार निर्माण गर्दा माओवादीका विरुद्ध लागेपछि प्रचण्ड, एमाले गठबन्धन भएको हो । यो निर्वाचनमा दलहरूको पहिचान स्थापित हुनेछ ।
विशेष महाधिवेशन पक्षधरलाई उचाल्दै देउवाका दाशहरूको भण्डाफोर गरेका चन्द्र भण्डारी गुल्मी १ डा. सुनिल शर्मा मोरङ ३ मा उम्मेदवार भएकै छन् । मिनेन्द्र रिजाल र सुनिल शेखर पक्षका हुन् । डा. शेखर विवाद मिलाउँछु संस्थापनलाई विशेष महाधिवेशनमा लान्छु भन्दा भन्दै सभापति पदबाट बञ्चित हुने अभागी नेता हुन् । उनी खुलेर गगन विश्वसँग जोडिएका भए ०८४ वैशाखमा काँग्रेसको १५औं महाधिवेशनसम्म सभापति हुन्थे । रातरहे अग्राख पलाए भने जस्तै राजनीतिमा बाटो छुटेपछि पुनः जोडिन कठिन हुन्छ । डा. शेखरका लागि त्यो स्थिति खडा भएको छ । हिजो उनकै वंशका डा. शशांक र सुजाता उनीसँग थिएनन् । आज भाइबहिनी उनका पक्षमा छन् तर शेखरले विशेष महाधिवेशनको माहोल बुझेनन् ।
२०८२ फाल्गुन २३
ताजा नेपाल
२०८२ फाल्गुन २३
ताजा नेपाल
२०८२ फाल्गुन २३
ताजा नेपाल