Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

देउवालाई ओलीको प्रस्ताव, सौताको रिसले पोइको काख चिसो

काठमाडौं । नेपालीमा उखान छ, सौताको रिसले पोइको काख चिसो । यस्तै हालत नहिले नेकपामा छ । पार्टीकोभित्रको किचलोका कारण अहिले प्रचण्डलाई देखाइदिन प्रधानमन्त्री केपी ओलीले नेपाली काँग्रेसलाई प्रधानमन्त्रीको प्रस्ताव गरेका छन् । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को गत मंसिर ३ गते बसेको सचिवालय बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेश गरेको प्रतिवेदन फिर्ता लिन केही नेताहरुले दवाव दिइरहेका छन् । खासगरी ओली पक्षका नेताहरुले प्रचण्डलाई भेटेरै यस्तो सुझाव र दबाब दुवै बढाएका हुन् । शुक्रबारमात्रै नेकपा महासचिव विष्णु पौडेल र अर्का नेता सुवास नेम्वागले प्रचण्डलाई पार्टी कार्यालयमा भेटेरै प्रस्ताव फिर्ता लिए विवाद टुङ्गिने र पार्टी विभाजन रोकिने भन्दै त्यसतर्फ सोच्न आग्रह गरेका थिए । दबाब बढिरहेका बेला प्रचण्ड लचिलो बनेर प्रस्ताव फिर्ता लिने त होइनन् ? भन्ने प्रश्न कतिपय नेताहरुले गर्न थालेका छन् । तर, पटकपटक ओलीको ‘अपमान’ सहेका प्रचण्ड यो पटक भने त्यसरी कुनै हालतमा नझुक्ने र प्रस्ताव फिर्ता नलिने अडानमा रहेको प्रचण्ड निकटका नेताहरुको दावी छ । प्रचण्ड मात्रै नभएर उनको पक्षमा रहेका माधवकुमार नेपाल र झलनाथ खनाललगायतका सबै ५ जना नेताहरु प्रस्ताव फिर्ता नलिने पक्षमा छन् । पार्टी कमिटिमा दर्ज भइसकेको दस्तावेज सचिवालय, स्थायी कमिटी हुँदै केन्द्रीय कमिटीसम्म लैजानपरे लैजाने तयारीमा रहेका प्रचण्ड नेपाल समुह ओलीले पार्टी फुटाउन खोजे त्यसको समेत सामना गर्न तयार भएको नेताहरुको भनाइ छ ।
आगामी मंसिर १३ गतेसम्म प्रधानमन्त्री ओलीको जवाफ कस्तो आउँछ भनेर कुर्ने तथा त्यसपछि विधानको धारा ६० बमोजिम बहुमतको निर्णयअनुसार पार्टी निर्णय गरेर अघि बढ्नुको विकल्प नभएको निश्कर्षमा प्रचण्ड–नेपाल समुह पुगेको छ ।
त्यसो त पार्टी विवाद मिलाउन गठित नेकपाको ६ सदस्यीय कार्यदलले तयार पारेको प्रस्ताव समेत ओलीले नमान्ने बताउँदै आएका छन् । ओलीनिकट एक सचिवालय सदस्यका अनुसार भदौ २६ गतेको स्थायी समिति बैठकले गरेका निर्णय कार्यन्वयनका सवालमा असोज ४ र ६ गते सचिवालय बैठक बसेको थियो । पेरिसडाँडामा ४ गते र बालुवाटारमा ६ गते बसेको बैठकमा स्थायी समितिका निर्णय कार्यान्वयनबारे छलफल भएको हो ।
नेकपाभित्र विवाद बढ्दै गएपछि प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्माले ओलीको निकटता प्रमुख प्रतिपक्ष काँग्रेसका सभापति शेरबहादुर देउवासँग बढ्ने गरेको छ । यसको उदाहरण मंसिर ६ गतेको ओली देउवाबीचको भेटवार्तालाई पनि लिन सकिन्छ । यो मात्रै होइन गत असारमाजतिवेला नेकपा विवाद बढ्दै गएको थियो । त्यस बेलापनि ओलीले देउवा सँग गोप्य भेटवार्ता गरेका थिए । जतिवेला संसद अधिवसन अन्त्य गरिएको थियो । जवकी सत्तारुढ पार्टीमा यसबारे कुनै छलफल नै भएको थिएन । बरु ओलीले असार १७ गते देउवासँग गोप्य भेटघाट गरेर उक्त निर्णय गरेका थिए ।


सम्बन्धित समाचार