Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाण्डौ । आफ्नो पार्टीको सरकार ढलाएर विपक्षीको सरकार बनाउन प्रत्यक्ष सहयोग गरेको कलंकको टिका लगाएका एमाले वरिष्ठ नेता माधवकुमार नेपालले अझै पनि आफ्नो अडानबाट टसमस भएका छैनन् । पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीका पछिल्ला अराजक अभिव्यक्ति जारी रहेका बेला नेपालले पनि देउवा सरकारकै पक्षमा उभिने निर्णय गरेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई भेटेर विश्वासको मत लिने बेला सहयोग गर्न आग्रह गरेका छन् । बुधबार साँझ प्रधानमन्त्री देउवा आफै नेपाललाई भेट्न कोटेश्वर पुगेका थिए । नेपाल निवासमा भएको छलफलका क्रममा देउवाले विश्वासको मतमा सहयोग गर्न आग्रह गरेको र त्यसलाई नेपालले स्वीकार गरेको नेताहरुले जानकारी दिएका छन् । देउवा र नेपालबीचको भेटवार्तामा सहमागि एमाले नेता विरोध खतिवडाले सर्वोच्च अदालतको फैसला कार्यान्वयनका लागि आफूहरु प्रतिवद्ध रहेको र फैसलाअनुसार नै गठबन्धन अघि बढ्ने बताए । यसअघि नेता नेपालले अब गठबन्धनबाट बाहिरिएको घोषणा गरेका थिए । तर बुधबार भने विश्वासको मत दिने प्रतिवद्धता जनाएका हुन् । प्रधानमन्त्री देउवाले १ महिना भित्र संसदमा बहुमत सिद्ध गर्नुपर्नेछ । जसका लागी केपी ओलीलाई विस्थापित गर्न महत्वपूर्ण भुमिका खेलेको एमालेको खनाल–नेपाल समुहको साथ आवश्यक छ ।एमालेको खनाल–नेपाल समुहले विश्वासको मत नदिए सत्तामा टिकि रहन प्रधानमन्त्री देउवाले जसपा दुवै समूहको साथ पाउनुपर्ने छ । तर जसपाको महन्थ–राजेन्द्र समुह नेपाली कांग्रेस नेतृत्वको गठबन्धनमा संलग्न छैन । विगतमा यो समुहले आफ्ना माग सम्बोधन गरेको भन्दै निवर्तमान प्रधानमन्त्री ओलीलाई साथ दिएको थियो । महन्थ–राजेन्द्र पक्षीय जसपा नेता लक्ष्मणलाल कर्णले आफ्नो माग सम्बोधन गरेको खण्डमा देउवालाई सघाउन सकिने बताउँछन् । प्रधानमन्त्री देउवाको सत्ता सुख प्रतिनीधि सभामा नेपाल खनाल पक्ष र जसपाको महन्थ राजेन्द्र पक्षको असहयोग र असहयोगमा निर्भर छ ।
२०८२ चैत्र ५
ताजा नेपाल
२०८२ चैत्र ५
ताजा नेपाल
२०८२ चैत्र ५
ताजा नेपाल