Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

देउवालाई हराएर सभापति बन्न सक्ने उम्मेदवार म हुँ डा. शशांक कोइराला

नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशनमा सभापतिका आकांक्षीमध्ये एक हुन् महामन्त्री डा. शशांक कोइराला ।
सभापति शेरबहादुर देउवा चुनावी मैदानमा होमिइसकेका छन् भने संस्थापनइतर समूहमा सभापतिको उम्मेदवारका लागि आधा दर्जन बढी आकांक्षी छन् । कोइराला परिवारबाटै डा।शेखर पनि सभापतिका दावेदार हुन् ।
वीपी कोइराला पुत्र महामन्त्री शशांकको दाबी छ, ‘शेरबहादुर देउवालाई म बाहेक अरुले हराउन सक्दैन, पार्टीलाई एकढिक्का बनाउन म सभापति हुनुपर्छ । रामचन्द्र पौडेल, प्रकाशमान सिंह मात्र होइन, दाजु डा. शेखरलाई समेत मनाएर आफू सभापतिको उम्मेदवार बन्ने र देउवालाई हराउने उनले दाबी गरेका छन्
किनकि कांग्रेस पराजय हुनुका धेरै कारणमध्ये गुट–उपगुट पनि एउटा थियो । र, पार्टीलाई एक ढिक्का बनाउनुपर्दछ भन्ने मेरो प्रयास थियो । तर अब मैले सत्य बोल्नैपर्छ, उहाँले पार्टीलाई राम्रोसँग सञ्चालन गर्न सक्नुभएन । मेरो मान्छे, तेरो मान्छे गर्नुभयो, टिकट वितरणमा पनि आफ्ना मान्छेलाई प्राथमिकता दिनुभयो । मेरो चाहना विकेन्द्रीकरणको सिद्धान्त अनुसार तलबाटै सल्लाह लिनुपर्छ भन्ने थियो ।म गुटको नेता पनि नहुने गुट उपगुट हैन पाटीका सबै नेता कार्यकर्तालाइ एकै खड्कुलामा अटाउने गरि काम गर्न सक्नु भन्ने हिसाबले अगाडी बढेको छु अबस्य मेरै जित हुने छ

 


सम्बन्धित समाचार