Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । नेपाली कांग्रेसमा देखिएको विवाद समाधानका लागि अहिले देउवा निवास महाराजगन्जमा वार्ता भइरहेको छ। छलफलमा वार्ता समितिमा रहेका नेताहरू रमेश लेखक, बालकृष्ण खाण, जीवन परियार, मिनेन्द्र रिजाल देउवा निवास पुगेका छन्। अन्य शीर्ष नेता पनि छलफलमा सहभागी छन्। सहमतिको अन्तिम प्रयासस्वरूप आसन्न निर्वाचनको टिकटमा कार्यवाहक सभापति पूर्णबहादुर खड्काको हस्ताक्षर रहने व्यवस्था गर्न संस्थापन पक्ष लचक हुने सम्भावना देखिएको छ। ‘सभापति देउवा त्यसका लागि तयार देखिनुभएको छ, देउवानिकट स्रोतले भन्यो। यसअघि नै संस्थापन पक्ष विशेष महाधिवेशनको दस्तावेज केन्द्रीय समितिमा अध्ययन, संशोधन र परिमार्जन गरेर ग्रहण गर्न सहमत भइसकेको छ। यस्तै २०८० फागुनमा सम्पन्न महासमिति बैठकका निर्णय लागु गर्न पनि संस्थापन तयार छ। यसैगरी आसन्न प्रतिनिधिसभा निर्वाचनको टिकट वितरणका लागि संसदीय बोर्ड बनाउन संस्थापन पक्ष सहमत भएको थियो। एक नेताका अनुसार टिकट न्यायोचित ढंगले वितरण गर्ने, संसदीय बोर्डको निर्णय नै कार्यान्वयन गर्नेलगायत कुरामा दुवै पक्ष सहमतिमा पुगेका थिए।
२०८२ फाल्गुन २३
ताजा नेपाल
२०८२ फाल्गुन २३
ताजा नेपाल
२०८२ फाल्गुन २३
ताजा नेपाल