Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

सभापति देउवाले बोलाए पदाधिकारी बैठक

काठमाडौं । मुलुक कोरोनाको चपेटाबाट बचाउने प्रयास जारी रहेको बेला प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारीको बैठक बोलाएका छन् । सभापति देउवाले आफ्नो निवास बूढानीकण्ठमा मंगलबार विहान १० बजेका लागि बैठक बोलाइएको एक जना पदाधिकारीले जानकारी दिए । कोषाध्यक्ष बाहेकका सबै पदाधिकारीहरु काठमाडौंमा नै छन् । बैठकमा सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापतिद्वय विमलेन्द्र निधि, विजयकुमार गच्छदार, महामन्त्रीद्वय शशांक कोइराला, पूर्णबहादुर खड्का र प्रवक्त विश्वप्रकाश शर्माको सहभागिता रहने छ । कोषाध्यक्ष सीतादेवी यादव उपत्यका बाहिर रहेकाले बैठकमा सहभागी नसक्ने जनाइएको छ ।
बैठकमा कोरोना रोकथाम तथा नियन्त्रणका लागि सरकार थप बल कसरी पुर्याउन सकिन्छ, संगठित रुपमा कसरी आवाज उठाउन सकिन्छ, देशभरका पार्टीका नेता कार्यकचर्ता र स्वास्थ्यकर्मीहरुको मनोबल थप कसरी बढाउन सकिन्छ भन्ने लगायतका विषयमा छलफल हुनेछ । नेताहरुले पदाधिकारी बैठक नबस्दा सरकारलाई आधिकारिक रुपमा सुझाव र दबाब दिन नसकिएको गुनासो गरेपछि देउवाले सभापति देउवाले बैठक बोलाएका हुन् । सभापति देउवाले आइतबार पूर्वप्रधानमन्त्रीहरु पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल, झलनाथ खनाल, डा। बाबुराम भट्टराई, लोकेन्द्रबहादुर चन्द र मन्त्रिपरिषद अध्यक्ष खिलराज रेग्मीसँग टेलिफोन संवाद गरेका थिए । आजको संकटबाट नेपाल र नेपालीलाई जोगाउन एक्यवद्ध भएर गम्भीर ढंगले कार्य गरौं भन्दै सभापति देउवाले अपील गरेको थिए ।


सम्बन्धित समाचार