Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

देउवासँग निरन्तर संवादमा रहेको गगनको दाबी

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीका निवर्तमान सभापति शेरबहादुर देउवासँग निरन्तर संवादमा रहेको दाबी गरे। शुक्रवार धनुषा ४ बाट कांग्रेसका उम्मेदवार बनेका महेन्द्र यादवको चुनावी कार्यक्रममा बोल्दै उनले प्रारम्भमा मतभेद रहे पनि अहिले पार्टी एक ढिक्का रहेको दाबी गरे। कांग्रेसको विशेष अधिवेशनबाट नयाँ नेतृत्व आए पनि पार्टीभित्र कसैमाथि दोष र रिसराग नभएको उनले दाबी गरे। पार्टीका निवर्तमान सभापति देउवासँग निरन्तर संवादमा रहेको र पार्टीका अरू नेताहरूसँग समेत संवादमै रहेको भन्दै उनले भने, हामीबीच केही कुरामा मतभेद हुन्छ, तर अन्तिममा एक ढिक्का हुन्छौँ। अहिले एक ढिक्का छौँ।


सम्बन्धित समाचार

पुराना दलका शीर्ष भनिएकाहरुको बढारिए

२०८२ फाल्गुन २५

ताजा नेपाल

समानुपातिकमा कुन दलको कस्तो छ अवस्था ?

२०८२ फाल्गुन २५

ताजा नेपाल