Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

देउवा दरबारमा महत्तो खुसुक्क

काठमाण्डौ । प्रधानमन्त्री केपि ओलीको पक्षमा लागेर मधेसका मुद्दा कानूनी रुपमा समाधान हुने आश गरेको जनता समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतो काँग्रेस सभापति शेरबहादुर देउवालाई भेट्न पुगेका छन् । आज महतो देउवालाई भेट्न बूढानीलकण्ठ पुगेका हुन् । प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले बहुमतको सरकार निर्माणका लागि राष्ट्रपति समक्ष आजै दाबी पेस गर्दैछन् । देउवाले काँग्रेस, माओवादी केन्द्र र जसपाको समर्थनमा प्रधानमन्त्रीमा नियुक्त गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष निवेदन दिन लागेको काँग्रेस नेता रमेश लेखकले ताजानेपाललाई जानकारी दिएका छन् । जसपाको उपेन्द्र यादव समूहले देउवालाई सघाएपनि अहिलेसम्म महत्थ ठाकुर र राजेन्द्र महतो विपक्षमा रहेका थिए । यस्तो अवस्थामा महतो देउवा निवास पुग्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । माओवादी केन्द्र र जसपाको समर्थनमा प्रधानमन्त्रीमा नियुक्त गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष निवेदन दिन लागेको काँग्रेस नेता रमेश लेखकले ताजानेपाललाई जानकारी दिएका हुन् । जसपाको उपेन्द्र यादव समूहले देउवालाई सघाएपनि अहिलेसम्म महत्थ ठाकुर र राजेन्द्र महतो विपक्षमा रहेका छन् । यस्तो अवस्थामा महतो देउवा निवास पुग्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । देउवालाई जसपाको मत प्राप्त भएको खण्डमा बहुमतको सरकार बन्छ । तर प्रम ओलीलाई जसपा टुक्रिएर प्राप्त मत भए पनि एमाले विभाजीत नहुने हो भने बहुमत पुग्छ ।


सम्बन्धित समाचार

सिटौलाको आकांक्षामा तँगारो

२०८२ चैत्र ४

ताजा नेपाल

कालो इतिहासका मुल पात्र

२०८२ चैत्र ४

ताजा नेपाल

आरती उतारेर पनि भएन उपाय

२०८२ चैत्र ४

ताजा नेपाल