Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

देउवा पक्षको दाबीले गगन पक्षलाई पार्ला असर

काठमाडौं । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गरेकामध्ये ८८५ जनाले हस्ताक्षर फिर्ता लिएको शेरबहादुर देउवा पक्षले दाबी गरेको छ । शुक्रबार निर्वाचन आयोग पुगेर देउवा पक्षका नेता पूर्णबहादुर खड्का र शेखर कोइरालाले सो बताएका हुन् । ती हस्ताक्षरकर्ता मध्ये, सहभागी मध्ये ८८५ जनाले त्यसबाट अलग रहेको, फिर्ता लिएको आफ्नो हस्ताक्षर सहित केन्द्रीय कार्यालयमा कार्यवाहक सभापतिलाई सम्बोधन गरेर कर्णालीका सबै हस्ताक्षरकर्ताहरूले भेलाभन्दा पहिलेको र भेलाभन्दा पछिको मुख्यसचिवको हस्ताक्षरसहित हामी बुझाउन चाहन्छौँ, नेता खड्काले भने । ५४ प्रतिशत बढी नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधिले आह्वान गरेर पुसको २७ देखि ३० सम्म सम्पन्न भएको विशेष महाधिवेशनले निर्वाचन आयोगमा नयाँ केन्द्रीय कार्यसमितिको अद्यावधिकको लागि बिहीबार निवेदन दिएपछि शुक्रबार देउवा पक्षका केन्द्रीय समितिका सदस्यहरू धर्ना दिन गएका छन् ।

देउवा पक्षको यस्तो छ दाबी
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पक्षका नेताले निर्वाचन आयोगमा आधिकारिता दाबी गर्दै केही प्रमाण बुझाएको छ । कांग्रेस देउवा समूहका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसा भण्डारीलाई बुझाएका हुन् । विशेष महाधिवेशनबाट गगन थापा पार्टी सभापति भएपछि देउवा समूह वैधानिकताका लागि दबाब दिन शुक्रबार बिहानै कान्तिपथस्थित निर्वाचन आयोग पुगेको हो। कार्यवाहक सभापति खड्का, धनराज गुरुङ, बिमलेन्द्र निधि, रमेश रिजाल, श्याम घिमिरे, कल्याण गुरुङ, जीतजंग बस्नेतसँगै देउवा समूहका केन्द्रीय सदस्य दबाब दिन आयोग पुगेका हुन् । गगन–विश्व समूहले विशेष महाधिवेशन गरेर नयाँ नेतृत्व चयन गरेसँगै कांग्रेसमा देउवा समूह आधिकारिकता दाबी गर्दै केही कागजपत्र र प्रमाणसहित आयोग पुगेको हो । विशेष महाधिवेशनबाट सभापति निर्वाचित भएका गगन पक्षले बिहीबार आधिकारिकता माग्दै आयोगमा निवेदन दिएको छ। विशेष महाधिवेशनबाट नयाँ नेतृत्व चयन भएपछि आधिकारिकताका लागि दुवै पक्षले आयोगमा दबाब बढाएका छन्।


सम्बन्धित समाचार

रास्वपालाई समानुपातिकमा ७५ प्रशित मत

२०८२ फाल्गुन २३

ताजा नेपाल

नेमकिपाको गढ रास्वपाको कब्जामा

२०८२ फाल्गुन २३

ताजा नेपाल