Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका नेता शेरबहादुर देउवाका छोरा जयवीर देउवालाई अनुसन्धानका लागि कार्यालयमा उपस्थित हुन सार्वजनिक सूचना जारी गरेको छ।
विभागले मंगलबार सूचना प्रकाशित गर्दै सम्पत्ति शुद्धीकरण कसुरको अनुसन्धानका क्रममा केही विषयमा बुझ्नुपर्ने भएकाले जयवीर देउवालाई सात दिनभित्र उपस्थित हुन निर्देशन दिएको हो।
सूचनाअनुसार, बाटोको म्यादबाहेक सूचना प्रकाशित भएको मितिले सात दिनभित्र ललितपुरको पुल्चोकस्थित कर्मचारी सञ्चयकोषको केन्द्रीय कार्यालयको ‘बी’ ब्लकमा रहेको विभागको कार्यालयमा हाजिर हुन भनिएको छ।
विभागले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐन, २०६४ को दफा ४१ बमोजिम सूचना जारी गरिएको उल्लेख गर्दै तोकिएको म्यादभित्र उपस्थित नभए प्रचलित कानुनअनुसार कारबाही गरिने चेतावनी पनि दिएको छ।
विभागले सार्वजनिक गरेको सूचनामा जयवीर देउवाको तीन पुस्तेसमेत खुलाइएको छ।
पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, उनकी पत्नी आरजु राणा देउवा तथा छोरा जयवीर देउवा हाल विदेशमा रहेका छन्। फागुन २१ गतेको निर्वाचनअघि उपचारका लागि विदेश गएको देउवा परिवार हालसम्म स्वदेश फर्किएको छैन।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले देउवा परिवारमाथि सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाइरहेको छ।
२०८३ असार २३
ताजा नेपाल
२०८३ असार २३
ताजा नेपाल
२०८३ असार २३
ताजा नेपाल