Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाण्डौ । नेपाली काग्रेमा देखिएको एक अर्का प्रति थिचोमिचो हुने प्रवित्ति हावी हुँदै जादा अबका दिनमा काग्रेस पनि अफ्ठ्यारोमा पर्ने साम्भवना बढ्दै गएको छ । शेर बहादुर देउवा चुनावको पक्षमा उभिनु र आफ्ना प्रतिस्पर्धी नेताहरुको कुरा नसुनि काग्रेसलाई एक ढिक्का बनाएर अगाडी बढ्न नसक्नु देउवाको अध्यक्ष पदको नालायकीपन भनेर कांग्रेस भित्रैबाट धेरै बिरोधको चर्चा हुने गरेको छ । पार्टी भित्रकै प्रतिपक्षि भनेर चिनिने रामचन्द्र पौडेल यो सरकार विरुद्धको आन्दोलन सशक्त बनाएर प्रतिगमन सच्चाई संसद पुन स्थापना गराउने पक्षमा छन् । तर देउवा भने चुनावकै पक्षमा छन् । यही कारणले गर्दा कांग्रेस पनि दुई गुट भएर अगाडि बढिरहेको छ । यस्तै परिस्थिति रह्यो भने कांग्रेस पनि बिभाजन नहोला भन्न सकिदैन । रामचन्द्र प्यानलका गगन थापाले हरेक कार्यक्रम हरेक टि.भी, एफ एम मा दिएका अभिव्यक्तिलाई निहालेर हेर्दा कांग्रेसको भविष्य पनि उत्तम देखिदैन । चुनावैे हुने भएपनि यी दुई गुट एक भएर चुनावमा भाग लिए पनि एक अर्का प्रति बागी उमेद्वार खडा गरि एकअर्कालाई हराउने प्रयत्न हुने छ । यसको फाइदा बिपक्षीले लिने छन् । यसको घाटा काग्रेसलाई नै हुनेछ । देउवाको बहुमत ल्याई प्रधानमन्त्री हुने सपना चकनाचुर हुनेछ । यसै कारणले पनि देउवा धेरै लोभिएर चुनावमा जान्छु भन्नु धिक्कार हुन सक्छ । माधव र प्रचण्ड प्यानलले देउवालाई हामीसँग मिलेर आन्दोलन गरौ भन्दा देउवाले यो गुटलाई टेर पुच्छर लगाएका छैनन् कारण लोभी भएकैले हो । देउवाले सोचेको भन्दा परिस्थिति उल्टो हुने पक्कै हो । देउवा धेरै लोभीनु पर्ने जरुरी देखिदैन ।
२०८१ मंसिर १३
ताजा नेपाल
२०८१ मंसिर १३
ताजा नेपाल
२०८१ मंसिर १३
ताजा नेपाल