Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा समूहको राष्ट्रिय भेला आजदेखि काठमाडौंमा सुरु हुँदैछ। सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा आयोजना गरिएको भेला तीन दिनसम्म सञ्चालन हुनेछ।
भेला आयोजक समितिको संयोजकमा कांग्रेसका पूर्वमहामन्त्री डा. शशांक कोइराला रहेका छन्। हिजो मात्रै हङकङबाट स्वदेश फर्किएका देउवाले भेलाको उद्घाटन गर्ने तयारी छ।
देउवा समूहले उनलाई चुनदेवीमा पार्टी सभापतिकै हैसियतमा कार्यकक्षसमेत व्यवस्था गरेको छ।
आज हुने उद्घाटन समारोहमा देउवासहित कांग्रेसका शीर्ष नेताहरूले सम्बोधन गर्ने नेता मीन विश्वकर्माले जानकारी दिएका छन्। भेलाको दोस्रो र तेस्रो दिन बन्दसत्र सञ्चालन हुनेछ।
भेलामा ५ हजारभन्दा बढी प्रतिनिधि तथा सहभागी उपस्थित हुने आयोजक पक्षको दाबी छ। भेलामा राजनीतिक प्रतिवेदनसमेत पेस गरिनेछ।
राष्ट्रिय भेला कांग्रेसभित्रको आन्तरिक विवाद र संगठनात्मक विषयमा छलफल तथा आगामी रणनीति तय गर्ने महत्वपूर्ण मञ्चका रूपमा हेरिएको छ।
२०८३ श्रावण २९
ताजा नेपाल
२०८३ श्रावण २९
ताजा नेपाल
२०८३ श्रावण २९
ताजा नेपाल