Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

देखियो अर्थमन्त्रीको विद्वता

काठमाडौं । जे गर्छ, व्यापारले गर्छ, त्यो पनि जबेट आउँदा भकुर्छ । करका दर हेरफेरले ७७४ वटा विद्युतीय गाडीले देशको राजश्वमा रु २ अर्ब खोटो बनायो । तर अर्थमन्त्री डा. स्वर्णिम वाग्ले संसदमा गर्जेकै छन् । आफ्ना सहपाठी उज्वल श्रेष्ठकी बुहारी यामुना श्रेष्ठको गल्तीमा देशको अर्थमन्त्री परेपछि उज्वलको मन प्रफुल्ल छ । नयाँ दर लागू गर्दा जेठ १५ गते बजेट भाषण जोडिन्छ । तर १३ गतेकै मिति राखेर गाडी कता छन् थाहा छैन तर संख्या तोकेर पुरानो राजश्व दरको छायाँ पारियो । लेख्नेले लेख्दैन । केही हुँदैन भन्दै अर्थमन्त्रीले तिमी काँग्रेस र एमालेले जे गरेपनि हामीले हिजो दुई तिहाईको दादागिरी सहेका हौ आज हाम्रो दादागिरी सहने पालो तिम्रो भन्ने शैली प्रदर्शन गरे ।
राज्य लुटमा बिवाईडी मात्र छैन, रास्वपाका लगानीकर्ता सुरेशकुमार मालपानी, मोती दुगड, दिपक मलहोत्रा पनि छन् । साइमेक्स इंक काभ्रे दाब्चा गाडी प्रकरणमा छ । पैसा पार्टीमा गयो कि डा. स्वर्णिमको खल्तीमा गयो ? तर काम पट्याउन भाइ प्रकाश वाग्ले, बहिनीज्वाइँ खेम अधिकारी खटेका छन् । तारे होटलमा बारभित्र बसेर यिनले धन्दा चलाए । बजेट आएको तेस्रो दिन मात्र मुस्ताङको कोराला नाकाबाट लहरै बीवाइडी प्रवेश गरेका थिए । विष्णु अग्रवालको एमएन्डब्लु इन्टरप्राइजेजसँग अर्थमन्त्रीका ज्वाइँ खेमको कनेक्सन त्यही रोजगारी हुनु हो । रास्वपा एमाले भन्दा छिटो नांगै हुने भएको छ । मेडिकल व्यवसायी दुर्गा प्रसाईले त्यो बताएका हुन् । उनी भन्थे, भारतको विशखापनाबाट बन्दरगाहबाट प्रवेश भएका गाडी वीरगञ्ज नाकाहुँदै छिर्थे । रास्वपाले कोरोला नाका रोज्यो । हामी जान्ने, राम्रो छान्ने भन्दै गर्दा यी एमाले भन्दा छिटो नांगिन्छन् । अर्थमन्त्री वाग्लेका व्यापारिक पार्टनर आजका होइनन्, काँग्रेस हुँदादेखिका हुन् ।

जान्नेलाई छान्नेहरू पछुताउँदै
खर्चको परिणाम देखाउने ठूलो राख्न तर ६५ देखि ७० प्रतिशत भन्दा खर्च नगर्ने भएको खर्चमा बेरुजु बढी हुने सफल अर्थशास्त्रीहरूको अगाडि यस पटक अर्थमन्त्री डा. स्वर्णिम वाग्ले असफल अर्थमन्त्री भएका छन् । पद र कुर्सीको गलत प्रयोग गर्ने विष्णु पौडेल, डा. युवराज खतिवडाहरूले खेलाएको अर्थतन्त्रको अन्तरकुन्तर थाहा पाएका वाग्लेले पनि विद्युतीय गाडीमा राम्रै फड्को मारेका छन् । किनकि सहपाठीको व्यवसायलाई अर्थमन्त्रीले सघाउँछन् । डा. युवराजले पनि अग्रवाल समूहलाई चकलेटमा भन्सार छुट गराएर कपि कितावमा कर लगाएका थिए । नाग्ले पसलेलाई भ्याट र प्यानमा कर लगाउन डा. युवराजहरू ठूलो राजश्व उठाउन जोड दिँदैनथे । नेपाली राजनीतिका छुद्र पितामह केपी ओली तिनैलाई रोजी रोजी अर्थमन्त्री बनाउँथे । एमालेमा उनी भन्दा विज्ञ अर्थशास्त्री नभएका होइनन् । पार्टीका लागि सून्य भए पनि ओलीले राष्ट्रिय योजना आयोग सदस्य, उपाध्यक्ष, राष्ट्र बैङ्कको गभर्नर, राष्ट्रियसभा सदस्य, अर्थमन्त्री जस्ता पद निरन्तर दिलाए । यिनैको प्रभावमा विष्णु पौडेलले प्रस्तुत गरेको गत वर्षको लेखेको अंक २ पटक घटाउँदा पनि सरकारले खर्च गर्न नसकेको बजेटका अगाडि विश्व बैङ्कका विज्ञ रास्वपाको हामी जान्ने टोलीका डा. वाग्लेको बजेटको एमाले काँग्रेसले विरोध गर्दैछन् । डा. स्वर्णिमले पनि व्यापारी पोसे, विष्णु पौडेल र डा. युवराजले मारवाडी समूहको कल्याण गराए, जनार्दन शर्माले जयवीर सिंह देउवाको सेनटरी प्याडमा २.७ प्रतिशत राजश्व लगाएर नेपाली उत्पादनलाई २७ प्रतिशत कर लगाए । वामपमन्थीहरूले समेत जनमुखी बजेट दिन नसकेको बेला काँग्रेसकै शिक्षा दिक्षा पाएका भाउजु र दाजुले चितवनमा विश्व पौडेल रोजे पछि रास्वपामा लागेका डा. स्वर्णिमले जनमुखी बजेट ल्याउने आशा थिएन । देशको चलन जस्तो छ त्यस्तै कार्यक्रम र नीति बन्छ, रास्वपाको देश, जनता, राजनीति कतै पनि पार्टीको पहिचान छैन । हामी जान्नेले शिक्षा, स्वास्थ्य, विद्युत जस्ता विषयमा कर लगाएर विद्यार्थीलाई नपढ, स्वास्थ्य उपचार नगर, विद्युत प्रयोग नगर भन्ने सन्देश दिएको कारण अब जान्नेलाई छान्नेहरू पनि पछुतो मान्दैछन् । कुर्नुपर्छ यिनका देशघाती कर्मकाण्ड कति देखिन्छ ।