Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

देशभर एकै दिन ७ हजार २११ जनामा कोरोना संक्रमित थपिए, उपत्यकामै ३ हजार ५९५ जना नयाँ संक्रमित

काठमाडौं । कोरोना संक्रमणले देश कति आक्रान्त छ भन्ने कुरा पछिल्ला दिनमा देखिएको संक्रमण दरले देखाएको छ । पछिल्लो २४ घण्टामा थप ७ हजार २११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १६ हजार १४७ पीसीआर परीक्षणमा ७ हजार १३७ जना र ६२३ एन्टिजेन परीक्षणमा ७४ जना गरी एकै दिन ७ हजार २११ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

उपत्यकामा ३ हजार ५९५ जनामा संक्रमण
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा तीन हजार ५९५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा दुई हजार ७४४, ललितपुरमा ५५० र भक्तपुरमा ३०१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा देशभर सात हजार २११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।