Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । देशभर आज आंशिकदेखि साधारणतया बदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायुको प्रभाव रहेकामा बिहीबारदेखि बंगालको खाडीमा विकसित चक्रवात ‘अर्णव’को समेत प्रभाव पर्ने सम्भावना छ ।
महाशाखाले बुधबार बिहान जारी गरेको मौसम बुलेटिनअनुसार आज कोसी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा साधारणतया बदली रहनेछ । देशको हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ ।
बिहीबारदेखि भने मौसम थप प्रभावित हुन सक्ने महाशाखाले जनाएको छ । बिहीबार कोसी, मधेस र बागमती प्रदेशका थोरै स्थानमा तथा गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मध्यमसम्म वर्षा र हिमपात हुने सम्भावना छ ।
मौसममा हुन सक्ने परिवर्तनलाई ध्यानमा राख्दै सम्बन्धित निकायले जारी गर्ने अद्यावधिक मौसम पूर्वानुमान तथा सतर्कता सूचनामा ध्यान दिनु आवश्यक छ ।


२०८३ कार्तिक १२
ताजा नेपाल
२०८३ कार्तिक १२
ताजा नेपाल
२०८३ कार्तिक १२
ताजा नेपाल