Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । कोरोना संक्रमण बढ्ने क्रममा देशभरका संक्रमितको संख्याको आधा राजधानीमै भेटिन थालेका छन् । बितको २४ घण्टामा देशभर १ हजार ३५६ कोरोनाभाइरस संक्रमित थपिएका छन् । मंगलबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सो जानकारी दिएका हुन् । यससँगै देशभर संक्रमितको कुल संख्या ६६,६३२ पुगेको गौतमले बताए । उनका अनुसार ८२३ जना बितेको २४ घण्टामा डिस्चार्ज भएका छन् भने यससँगै निको हुनेको कुल संख्या ४८ हजार ६१ पुगेको छ । आज देशभर सक्रिय संक्रमितको संख्या १८ हजार १४२ रहेको छ । जसमा संस्थागत आइसोलेशनमा ९ हजार १९३ र होम आइसोलशेन ८ हजार ९४९ जना रहेका छन् ।
यसैबीच बितेको २४ घण्टामा थप २ जनाको मृत्यु भएसँगै मृतकको कुल संख्या ४२९ पुगेको गौतमले बताए ।
उपत्यकामा थपिए ६४७ संक्रमित
बितेको २४ घण्टामा काठमाडौं उपत्यकामा मात्रै ६४७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंखया मन्त्रालयका अनुसार काठमाडौंमा ५११, ललितपुरमा ७३ र भक्तपुरमा ६३ जनामा कोरोना संक्तमण पुष्टि भएको हो । यस्तै उपत्यकासहित देशभर भने १ हजार ३५६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको मंगलबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । यससँगै देशभर संक्रमितको कुल संख्या ६६,६३२ पुगेको गौतमले बताए । उनका अनुसार ८२३ जना बितेको २४ घण्टामा डिस्चार्ज भएका छन् भने यससँगै निको हुनेको कुल संख्या ४८ हजार ६१ पुगेको छ । आज देशभर सक्रिय संक्रमितको संख्या १८ हजार १४२ रहेको छ । जसमा संस्थागत आइसोलेशनमा ९ हजार १९३ र होम आइसोलशेन ८ हजार ९४९ जना रहेका छन् ।
यसैबीच बितेको २४ घण्टामा थप २ जनाको मृत्यु भएसँगै मृतकको कुल संख्या ४२९ पुगेको गौतमले बताए । यस्तै आज १,१५४ जनाको पीसीआर भएको छ भने हालसम्म कुल ९ लाख ३४ हजार ९७७ जनाको परीक्षण भएको छ ।
२०८१ मंसिर ८
ताजा नेपाल
२०८१ मंसिर ८
ताजा नेपाल
२०८१ मंसिर ८
ताजा नेपाल