Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

देशभर १९८० जनामा कोरोना संक्रमण, उपत्यकामै थपिए १००७ संक्रमित

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १ हजार ९ सय ८० जना कोरोना संक्रमित थपिएका छन्। यो सहित कुल संक्रमितको संख्या २ लाख २२ हजार २८८ पुगेको छ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ३ हजार ४३ जना संक्रमणमुक्त भएका छन्। योसँगै संक्रमणमुक्त हुनेको संख्या २ लाख २ हजार ६७ पुगेको छ।

आज देशभर १८ हजार ८ सय ८४ जना सक्रिय संक्रमित छन्। आज देशभर १६ जना संक्रमितको मृत्यु भएको छ। अहिलेसम्म १ हजार ३ सय ३७ जना संक्रमितको मृत्यु भइसकेको छ। पछिल्लो २४ घण्टामा १० हजार ३८१ जनाको पिसिआर परीक्षण भएको छ।

उपत्यकामा थपिए १००७ संक्रमित

पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा १ हजार ७ जनामा कोरोना संक्रमण भेटिएको छ। आज काठमाडौंमा ७ सय ७९, ललितपुरमा १ सय ४३ र भक्तपुरमा ८५ जना कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।


सम्बन्धित समाचार

रास्वपालाई समानुपातिकमा ७५ प्रशित मत

२०८२ फाल्गुन २३

ताजा नेपाल

नेमकिपाको गढ रास्वपाको कब्जामा

२०८२ फाल्गुन २३

ताजा नेपाल