Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

देशभर ६३४ जना संक्रमित थपिँदा उपत्यकामै २१६

काठमाडौं । कोरोना संक्रमण पछिल्लो समयमा भयावह बन्दै गएको छ भने कोरोनाले ज्यान लिनेक्रम पनि बढेको छ । पछिल्लो २४ घण्टामा देशभर ६३४ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । योसँगै देशभर कोरोना संक्रमितको कुल संख्या ३१ हजार ११७ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप २१६ जनामा कोरोना संक्तमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले शनिबारको प्रेस ब्रिफिङमा जानकारी दिए । उनका अनुसार जसमा काठमाडौंमा १६०, ललितपुरमा ६ र भक्तपुरमा ५० जना रहेका छन् ।
मन्त्रालयका अनुसार शनिबारसम्म सक्रिय संक्रमितको संख्या १२ हजार ६२१ जना रहेका छन् । जसमा संस्थागत आइसोलेसनमा ८ हजार ७०५ जना रहेका छन् । यस्तै होम आइसोलेशनमा ३ हजार ९१६ जना रहेका छन् ।
यसैगरी पछिल्लो २४ घण्टामा १३६ जना निको भएका छन् । यस्तै निको हुनेको कुल संख्या १८ हजार ३५० पुगेको छ । यसैबीच हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या १४६ पुगेको छ । सुनसरीका २ जना, पर्साका ३ जना, बाराका १ जना, सिरहाका १ जना र मकवानपुरका १ र भक्तपुरका १ जना गरी ९ जनाको मृत्यु भएको हो । योसँगै मृतकको संख्या १४६ पुगेको हो ।