Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

देश बदल्न रुखमा भोट हालौं: सभापति थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले कांग्रेस बदलिएर निर्वाचनमा होमिएको बताएका छन् । निर्वाचित भएपछि पहिलोपटक पार्टी केन्द्रीय कार्यालय सानेपामा बदबहाली गरेर सञ्चारकर्मीसँग कुरा गर्दै उनले निर्वाचनको तयारीमा लाग्न नेता कार्यकर्तालाई निर्देशन दिएका हुन् । उनले यसपटक उम्मेदवार छनोटको विधि अर्कोपटक सच्चिने र अझै समावेश हुने पनि बताए । अर्कोपटकदेखि कांग्रेसको उम्मेदवार यसरी चयन हुँदैन । जिल्लाकै साथीहरूले मत हालेर टुंग्याउनुहुन्छ । समयको चापमा काम गर्न भ्याइएन, उनले भने, चाहेभन्दा फरक गर्न सक्छौँ भन्दा पनि सकिएन । समय भएको भए योभन्दा समावेशी बनाउन सक्थ्यौँ । उनले उम्मेदवार छनोटमा केही कमजोरी भएको स्वीकार्दै थपे, केही त्रुटि भएका छन् कमजोरी भएका छन् । म सभापतको हैसियतले भन्छु, त्रुटि भएको कुरालाई, अप्ठ्यारोलाई बुझिदिनुहोला । उनले संसदीय चुनावअघि प्रधानमन्त्री चयन गरेर जाने कुरा आजको बैठकमा सर्वसम्मत रुपमा पारित भएको पनि जानकारी गराए । आजको बैठकले सभापति थापालाई नै प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेर निर्वाचनमा होमिने निर्णय गरेको हो । उनले पार्टी आफूहरूले नै बदलेको बताए । ‘यो कांग्रेस आफैँ बद्लिएको हैन हाम्ले बदलेको हो । हामीले कांग्रेस बदल्यौँ, उनले भने, अब यो देशलाई पनि बदल्छ । यो संकल्पका साथ कांग्रेस निर्वाचनमा होमिएको छ ।१६५ निर्वाचन क्षेत्रमा रहनु भएका १० लाख क्रियाशील सदस्यहरूलाई आह्वान गर्छु, पार्टीभित्रमा पनि भिन्न मत छ । अधिवेशनकै सन्दर्भमा कुरा छ छलफल गरौँला ०७९ को निर्वाचनमा आफू विभिन्न जिल्लामा जाँदा रुखमै भोट हाल्ने व्यवस्था गर्न नेता कार्यकर्ताले भनेको आफूले सम्झिरहेको भन्दै उनले भने, ०७९ को निर्वाचनमा प्रतिकूल समयमा २७ लाख मतदाताले कांग्रेसलाई मत हाल्नु भयो । अरु कुरा पछि गरौँला– म थुप्रै ठाउँमा गएको थिएँ । तपाईंहरूको कुरा थियो – कांग्रेस भएर रुखमा मतदान गर्ने र व्यवस्था गर्नुस् । यो बनाएका छौँ । उनले नेता कार्यकर्तालाई आफ्नै निर्वाचन क्षेत्रमा खटिन पनि निर्देशन दिए । अर्काको निर्वाचन क्षेत्रमा गएर मद्दत हुँदैन । निर्वाचनको बेलामा नेता कार्यकर्ताका लागि आचारसंहिता बनाउछौँ । पालना गर्नुपर्छ । अरु पार्टीलाई पनि आह्वान गर्छौँ । फेयर प्ले, फेयर गेम चाहन्छौँ, थापाले भने।

गगन भावी प्रधानमन्त्रीको उम्मेदवार
नेपाली कांग्रेसले ५ मापदण्डको आधारमा सभापति गगन थापालाई भावी प्रधानमन्त्रीको उम्मेदवार बनाएको छ। केन्द्रीय समितिको बैठकपछि ५ वटा मापदण्डको आधारमा भावी प्रधानमन्त्रीको उम्मेदवार तय गरेको उपसभापति विश्वप्रकाश शर्माले बताए। उनका अनुसार ती मापदण्ड व्यक्तिको पृष्ठभूमि, संस्कार, योगदान, योग्यता र भिजन रहेका छन्। उनले भने, अहिले प्रधानमन्त्रीको उम्मेदवार भनेर आएका भन्दा कांग्रेसले अघि सारेका उम्मेदवार अब्बल हुनुहुन्छ। भावी प्रधानमन्त्रीको रूपमा एमालेले अध्यक्ष केपी ओली, रास्वपाले वरिष्ठ नेता बालेन शाहलाई अघि सारेको छ। सभापति थापा आगामी चुनावमा सर्लाहीबाट चुनाव लड्दै छन्।


सम्बन्धित समाचार

रास्वपालाई समानुपातिकमा ७५ प्रशित मत

२०८२ फाल्गुन २३

ताजा नेपाल

नेमकिपाको गढ रास्वपाको कब्जामा

२०८२ फाल्गुन २३

ताजा नेपाल