Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

देश बनाउने चिन्ता कसलाई छ र यहाँ ?

काठमाडौं । ४४५ जनाको जम्बो पार्टी केन्द्रीय समितिमा दोहोरो जिम्मेवारी हुन हुँदैन भन्ने आवाज उठाउने नेताहरूको स्वर अब हटेको छ । किनकि रातभर करायो दक्षिण हरायो भने जस्तै पार्टी अध्यक्ष केपी ओलीको दम्भ र उनैले चलाएको गुटको कारण कार्यकर्ताको भावना विपरित नेकपा गएको छ । आफूले नपाएसम्म कुर्लियो, पाएपछि चुपचाप नेताको चरित्र छ । माधव नेपाल, वामदेव गौतम नमूना नै बनेका छन् । नेता यस्ता छन् अरुको भावना कस्तो होला ? नेकपाको केन्द्रीय सदस्यहरू स्व. रविन्द्र अधिकारी, डिआर पौडेलको ठाउँ खाली छ । राजदूत भएपछि डा. वंशीधर मिश्र, मुस्लिम आयोगको अध्यक्ष भएकाले सलिम मिया अन्सारी, थारु आयोगका अध्यक्ष विष्णु चौधरी, राष्ट्रपतिका सल्लाहकार लालबाबु यादवको ठाउँमा जान धेरैको आश छ । समाज कल्याण मन्त्री हुँदा समाज सेवी महिला दीक्षा चापगाईको घरमा पुगेर रमाइलो गर्दा भित्री बस्त्र छाडेर आएका तत्कालिन मन्त्री बद्री न्यौपाने भ्रष्टाचार काण्डमा डामिएका कारण केन्द्रीय सदस्य खाली भयो । छ महानगरले पार्टीकोनेतृत्व त पाए तर बाँकी काम स्थागित छ । अध्यक्ष केपी ओलीले तत्कालिन एमालेका सोभियत ढकालमाथि अत्याचार गरे । नवौं महाधिवेशनमा उनी केन्द्रीय सदस्य जितेका थिए । उनलाई हराएर अ‍ोली गुटका केन्द्रीय सदस्य थपिए । त्यो बेला एमालेको निर्वाचन आयोगका अध्यक्ष सोमनाथ प्यासीको निष्पक्षताप्रति राम्रै प्रहार भएको थियो । कोहीलाई छैन, कोहीलाई पदमाथि पदको भारी बोकाएर नेकपा कसरी जनपक्षीय हुन्छ ?
नेकपाको सचिवालयको बैठकले केन्द्रीय सदस्यको अपेक्षा गरेका सोभियत ढकाल, पुरुषोत्तम पौडेल, दिपक प्रकाश भट्ट, योगेन्द्र शाही, कृष्ण पौडेल, राजनारायण शाही जस्ताले अपेक्षा गर्नु स्वाभाविक हो । गुटको कारण कोपभाजनमा परेका पुरुषोत्तम पौडेल यस पटक परेनन् । त्यसो त पार्टीको जिम्मेवारी नपाएका १९ जना नेता पनि छन् । अहिले अत्यन्त छुद्रता प्रदर्शन गर्ने प्रदीप नेपाल पार्टीमा सक्रिय छैनन् । जिम्मेवारी पाए खट्न सक्ने युवराज कार्की, बृन्दा पाण्डे, युवराज चौलागाईलाई प्रवास कमिटी सुम्पने निश्चित जस्तै छ । तर गंगा कार्की जोखबहादुर महरा (प्रचण्डका पिए), खगेन्द्र चुडाल, अशोक मण्डल, टंक लिम्बु, दावा तामाङ, मौका पाउँदा भ्रष्टाचारमा रमाउने दीनानाथ शर्मा, दीपबहादुर योञ्जन, धर्मनाथ यादव, पुष्पविक्रम मल्ल, मानबहादुर बुढा, लिलाबहादुर थापा, शुकबहादुर रोका, शशी श्रेष्ठ, हिमाल शर्मा हुन् । नवप्रवेशीहरू पदम राईले विज्ञान प्रविधि, कल्पना धमला स्वास्थ्य, देवेन्द्र पराजुली उद्योग सहइञ्चार्ज भएका छन् । शर्मा राष्ट्रिय सभामा सत्ता पक्षको संसदीय दलका नेता हुन् भने श्रेष्ठ राज्य व्यवस्था समितिको सभापति छन् । टाउकेका दलालहरूले पद पाए भयो हामीले कुनै जिम्मेवारी नपाएर केही हुँदैन भन्ने झापाका खगेन्द्र चुडाल आफैं रोगी छन् । तर पुष्पविक्रम मल्ल र लिला थापा जिम्मेवार ढंगले खट्ने नेता हुन् । नेकपामा जति पनि भेदभाव र अत्याचार छ त्यसको श्रेय अध्यक्ष ओली र उनको गुटलाई जान्छ ।

आफ्नैलाई जोड निन्छन् अध्यक्षद्वय
सत्ताको स्वाद ओली गुटले जति लियो प्रचण्ड गुटले पनि लिएको छ । कृष्णबहादुर महराका भाई जोखबहादुरलाई पैसा दिए प्रचण्डसँग भेट्न सक्छन् कार्यकर्ताले के दिन्छ । पैसा भ्रष्टाचारी र तस्करले दिन्छन् महाराले तिनैलाई प्रचण्डसँग भेट गराउँछन् । प्रचण्डले ज्वाईहरूलाई सरकारी सेवामा खटाएकै छन् । कान्छी छोरी उनकै पिए छिन् माइली भरतपुर महानगरको मेयर छिन् । प्रधानमन्त्र केपी ओलीलाई वा भनेर पैसा धुत्न नखरमाउलीहरू पनि छन् । मृगौला पीडित ओलीलाई सत्ता पार्टीप्रतिको मोह नहट्नुको कारण उनलाई श्री ३ बनाउनु र आफ्नो स्वार्थ पूरा गर्नु टीम सक्रिय हुनु हो ।
माओवादीको अस्तित्व नस्वीकार्ने डाडुु पन्यु आफैं खाने दरबार र भारतको विस्वास प्राप्त ईश्वर पोखरेल ओलीलाई उचाल्ने नायक हुन् । शंकर पोखरेल, पृथ्वी सुब्बा गुरुङ, भानुभक्त ढकाल देखिएका पात्र हुन् । जसको पदीय क्षमता पार्टीगत चिन्तन, कार्यकर्ताप्रतिको व्यवहार सबैका सामु छर्लङ्ग छ । थाहा छैन मृगौला पीडित ओलीको अभावमा यस्ता डनहरूको हालत कस्तो हुने हो । दोहोरो जिम्मेवारीप्राप्त संघ र प्रदेशका मुख्यमन्त्री र मन्त्रीहरूको प्राथमिकता सरकारी खर्च बजेट विकासे आयोजनाहरू बन्दै छन् । पार्टी एकता कार्य विभाजन समयको खेल बन्दैछ ।