Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
सुर्खेत । पश्चिम दैलेखको राकम कर्णालीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा आठबिस नगरपालिका—४, राकमका २९ वर्षीय नगेन्द्र माझी रहेको जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी लालबहादुर सुनारले बताए । उनका अनुसार आइतबार बेलुका ५ः५० बजेतिर उक्त घटना घटेको हो । ‘उहाँ घाँस काट्न भनेर रुखमा चढ्नु भएको रहेछ,’ उनले भने, ‘विद्युत् तारले पनि रुख छोएको रहेछ । पानी परेकाले करेन्ट लाग्न पुग्यो ।’ विद्युत् प्राधिकरणको चरम लापरबाहीकै कारण युवकको ज्यान गएको भन्दै परिवारले क्षतिपूर्तिको माग गरिरहेका छन् । प्रहरी टोली त्यहाँ पुगेर अहिले समन्वय गरिरहेको सूचना अधिकारी सुनारले बताए ।
२०८२ बैशाख २४
ताजा नेपाल
२०८२ बैशाख २४
ताजा नेपाल
२०८२ बैशाख २४
ताजा नेपाल