Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । सूख्खा मौसम शुरु हुना साथ दुर्गम पहाडी बस्तीहरुमा आगजानीको प्रकोप बढ्छ । राज्यका निकायहरु यस्ता दैविक प्रकोप नियन्त्रण निम्ति तयारी अवस्थामा नहुदा जनताले सास्ती भोग्नु पर्दछ । आज बिहान ताप्लेजुङको दोभान बजारमा आगलागी हुँदा चालीस बढी घर जलेका छन् । करिब ९ बजेदेखि सुरु भएको आगलागी अझै नियन्त्रणमा आउन सकेको छैन ।
आगो नियन्त्रणको प्रयास भइरहेको ताप्लेजुङ प्रहरी प्रमुख डिएसपी बालनरसिंह राणाले बताएका छन् । उनका अनुसार स्थानीयले चालीस घर जलेको जानकारी प्रहरीलाई दिएका छन् ।
आगो निभाउन ताप्लेजुङ नगरपालिकाको दमकल प्रयोग गरिएको छ । ताप्लेजुङबाट दोभान बजार पुग्न गाडीमा करिब एक घण्टा लाग्छ ।
आगलागीको कारण खुलेको छैन । आगोले पुर्याएको क्षतिको विवरण पनि आएको छैन ।
दोभान ताप्लेजुङ जिल्लाको दोस्रो ठूलो बजार हो । यहाँ काठले बनेका कच्ची घरहरु धेरै छन् । बाटो पनि साँघुरो छ । दोभान बजारमा एक सय जति घरहरु रहेको स्थानीय बताउँछन् ।
२०८१ मंसिर १६
ताजा नेपाल
२०८१ मंसिर १६
ताजा नेपाल
२०८१ मंसिर १५
ताजा नेपाल