Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

दोहोरिए गुमनाम : एमालेको बदनाम

काठमाडौं । ओम्नी, हुकाम, बतास, थामसेर्कु समूहको कल्याण गर्दा भोलि चुनाव आउँछ प्रतिस्पर्धीसँग भिड्नुर्प भन्ने सोच्न एमालेको दम्ब र केपी ओलीको उखान टुक्कामा थिएन । जसले गणतन्त्र, संघीयता र समावेशीताको एजेन्डा स्थापित ग¥यो त्यसैलाई जासुस लगाएर खेद्ने नेकपा एमाले जस्तो धुर्त समूहलाई यस पटक देशभरका जनताले मैदानबाट बिदाई गर्ने अपेक्षा गरिँदैछ । किनकि एमालेका दोहोरिनेको मौका पुन आउने अवस्था छैन । चुनाव जित्न र सत्तामा पुग्नका लागि जस्तो सुकै सम्झौता गर्ने केपी ओलीले एकीकृत पार्टीलाई विभाजन गर्ने, संसद भंग गरी संविधान च्यात्ने राष्ट्रपतिलाई गुटको सेवक बनाएको परिणाम यसपकट प्राप्त हुनेछ । राष्ट्र महामारीमा पर्दा एमालेको ओली पथ औषधि खरिदमा कमशिन खाँदै थियो । ४.५ डलरको कोरोना भ्याक्सिनको मूल्य ६ डलर बनाएर एकै लटमा रु ३७ करोड झ्वाम पार्न हुकाम समूहलाई सक्रिय बनाउँदा निश्चल पोखरेलको खोजी भएकै थियो ।
सरकारी राजश्वमा ब्रम्हलुट नै केपी ओलीका छौडा र ढेडूहरूको जबज थियो । कोराना कहरमा सीसीएमसीको अध्यक्ष बनेर ईश्वरले सेनाले खरिद गरेको औषधिजन्य वस्तुमा मच्चाएको लुटको छानविन भएन । अख्यितार प्रमुख एमालेका लेभीधारी निर्वाचन आयोग प्रमुखमा लेबीधारी हुँदा ईश्वर पोखरेल जस्ता भष्मासुरहरू कानुनी बन्धनबाट जोगिएको अवस्था छ ।

५ मा गुमनाम सांसद दोहोरिए
एमालेले प्रदेशसभा पठाएका सांसदद्वय दिपक निरौला, नारायण सिलवालले जनता भोलि पनि चाहिन्छ भन्ने नसोचेकै कारण प्रदेश (क) मा मदन विष्ट बागी भएका हुन् । विष्ट कामनपाको वडा तहमा राम्रै स्थान लिएका उम्मेदवार हुन् । एमालेको ओली गुटले पार्टीमा विचारको बहस चलाउँदैन । अ‍ोलीलाई प्रभु नमान्दा घनश्याम भुसाल, डा. भीम रावल देखिए । पार्टीको नाममा तस्करी धन्दा चलाएका पार्वत गुरुङ पनि थन्किए । कोरोना कालको धब्बा ईश्वर पोखरेलले कात्रोमा समेत कमिशन लिएको त्यही बेला सार्वजनिक भयो ।
काठमाडौं क्षेत्र नंं ५ ले ईश्वर पोखरेल जस्ता धब्बालाई बिदाई गर्न यस पटक सत्ता गठबन्धनबाट प्रदीप पौडेल, भरत सापकोटा र श्याम खड्का जस्ता जल्दाबल्दा टिमलाई अगाडि सारेको छ । ०७४ सालमा माओवादीको साथ पाउँदा ईश्वरको यो गुमनाम टिमले सांसद हुन पाएको हो । यस पटक माओवादी सत्ता गठबन्धनमा छ । एमाले विभाजनको असर भित्रभित्र सो क्षेत्रमा पनि परेकै छ । पोखरेल भूमाफिया दीपक कुँवरको हितमा काम गर्ने माफिया नै हुन् । जसले पदक तथा विभूषण आफ्नो कपाल काट्ने, कोट सिउनेसम्मलाई दिलाए । मान पदवीको समेत मर्यादा राखेनन् ।

दास बन्दै ईश्वर
५ वर्ष महानगरको नेतृत्व गर्दा केपी ओलीका नालायक दूत विद्या सुन्दर शाक्य नै हुन् । जसले ५ वर्षसम्म महानगरमा सिन्को भाँनेनन् । कोरानाले गास गुमाएको समूहलाई टुँडिखेलमा सहयोगी हातले खाना खुवाउँदा समेत महानगर प्रहरी लगाएर खेदायो । चुनावमा पुरानो सत्ता लम्पट समुहले स्थान पाउने छैन । पूर्व पञ्च कमल थापाको चाकडी र काँग्रेसका खुमबहादुर खड्काले रेडियो नेपालमा जागिरे बनाएपछि दरबारिया बनेकी कोमल ओलीको पोइला जान पाम भन्ने गितले मोहित भएका अध्यक्ष केपीकै कारण कम्युनिष्ट आन्दोलन तहस नहस भएको छ । एमालेमा नीति, विधि, प्रक्रिया भनेको ईश्वर पोखरेलले पद नपाउँदासम्म रहेछ । जब पोखरेलले केपीलाई पार्टी फुटाउन सघाए यस पटक उनलाई क्षति त्यसैले गर्छ । तस्कर, लठैत बोकेर चुनाव चितिन्छ । हिजो उपप्रम तथा रक्षामन्त्री बन्दाको भोलिपल्ट सेनाको खरिदमा होस् वा ठेक्कामा ईश्वरले हस्तक्षेप गर्दा सेना भड्किने अवस्था आउँदा मन्त्रालय खोसियो । तर पनि एउटा कोठामा बसेर ईश्वर ओलीको त्यो अत्याचार सहेर वामदेव, माधव नेपाल समेतको विरोध गरीरहे । दरबार र भारतलाई एउटै सागम्री बुझाएर छोरालाई भारत पढ्न पठाएका पोखरेललाई लागू औषधले बिग्रेका छोरा सप्रला भन्ने आशा थिएन । तर समयले त्यही छोरा हुकाम र ओम्नीका पार्टनर भएको देखायो ।

एमालेमा विद्रोह
जो साम्प्रदायिक थियो जसले बहुदलका लागि भएका आन्दोलन हुने वा ज्ञानेन्द्र कालमा राजनीतिक दलहरूमाथि दमन ग¥यो, त्यसैसँग चुनावी गठबन्धन गरेका एमाले अध्यक्ष केपी ओलीको नेतृत्वमाथि प्रभु शाहदेखि घनश्याम भुसाल, भीम रावलसम्मले प्रश्न गरेका छन् । केपी ओलीले नेतृत्वमा छलफल नगरी उपेन्द्र यादवसँग तालमेल गर्दा रौतहटका प्रभु साह विद्रोही भएका हुन् । गौर काण्डका प्रमुख नायक उपेन्द्र यादवलाई मधेशमा एमालेबाट साथ दिनु नै साम्प्रदायिकताको रक्षा हो । एक्लै चुनाव लड्ने भन्दै सत्ता गठबन्धनको विरुद्ध लागेका वर्षदिन नबित्दै एमाले अध्यक्ष ओलीले त्यस्ता पात्र समोत । जुन पात्रहरूले एमालेका नेताहरू कृष्णप्रसाद दाहाल, घनश्याम भुसालको क्षेत्र लुटिदिए । दाहाल मकवानपुर १ भुसाल रूपन्देही ३ का उम्मेदवार बन्नु पर्ने थियो । तर केपी ओलीले ती क्षेत्र कमल थापा र दिपक बोहोरालाई दिएको छ । एमालेको साथमा राप्रपाबाट राजेन्द्र लिङदेन झापा ५, विक्रम पाण्डे चितवन ३, कमल थापा मकवानपुर १, दिपक बोहोरा रूपन्देही १, धवलसमशेर जबरा बाँके १ बाट संघीय निर्वाचनमा उम्मेदवार भएका हुन् ।