Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

‘दोहोरी आइकन’को फिजिकल अडिसन सुरु

काठमाडौं । टेलिभिजन रियालिटी शो ‘दोहोरी आइकन’को फिजिकल अडिसन सुरु हुने भएको छ । साउन ३० गतेबाट फिजिकल अडिसन सुरु हुने आयोजकले जानकारी दिएको छ ।
आजदेखि चावहिलस्थित पहेँलो पुलमा रहेको एजे स्टुडियोमा अडिसन सुरु हुने आयोजक एजे इन्टरटेनमेन्टले जानकारी दिएको छ ।
प्रतिस्पर्धामा पहिलो हुनेलाई २५ लाख रुपैयाँ पुरस्कार र वर्ल्ड टुरको व्यवस्था गरिएको छ ।
मौलिक लोकदोहोरी गीतको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको शोमा कोमल वली, पशुपति शर्मा, रमेश विजी र कुलेन्द्र विश्वकर्मा निर्णायक रहेका छन् । शोको प्रस्तोताका रूपमा पीएन सापकोटा र शोभा त्रिपाठी छन् ।