Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । सरकार संयुक्त छ, त्यसले नीति तथा कार्यक्रम पुरानै लिएको छ । भ्रष्टाचारीको संरक्षण, तस्करी र माफियाको रक्षा वर्तमान सरकारको राष्ट्रिय एजेन्डा बन्यो । जनतालाई पिर्ने आफ्नालाई जोगाउने राष्ट्रिय सुरक्षका कारण भोलि सरकार संसदमा उपस्थित हुन नसक्ने गरी सडेको छ । कम्युनिष्टको नाममा कलंक बनेको यो सरकारका अधिकांश मन्त्रीहरू बदनाम छन् । प्रम आफैं बदनाम छन्, पार्टी बदनाम बनाइएको छ । ओलीको नेतृत्व करणले एमालेमा असन्तुष्टि बढ्दो छ । एमाले विचार मिल्ने शक्तिहरूलाई शत्रु ठान्छ । त्यो दम्ब र अहंकारले पार्टीको धरातल खस्कँदो छ ।
काँग्रेसमा पनि देवत्वकरणले ठाउँ पाएको छ । सभापति शेरबहादुर देउवालाई पार्टी जरुरी त्यो बेलासम्म छ जुन बेला डा. आरजु उपसभापति बन्ने छन् । आफैं बदनाम डा. आरजु सरकारमा भने सफल छन् । कुटनीतिक क्षेत्रमा सम्बन्ध विस्तार नभए पनि आफ्नो क्षमताका आधारमा छिमेकीसँग डा. आरजुको आउजाउलाई सकारात्मक नै मान्नुपर्छ । डा. आरजुको विज्ञताले भन्दा समयको बाध्यताका कारण भारत, चीन सम्बन्धमा सरकार चुकेको छैन । आफू होनाहार राष्ट्रवादी भएको दाबी गर्दा चुच्चे नक्सा समेटिएको पाठ्यपुस्तक छपाएर गोदाममा सडाउने केपी ओली आफैं भारतसँग लम्पसार परेका छन् । प्रमको नाताले यसपटक केपी शर्मा ओलीलाई भारतले महत्व नदिनुको कारण चिनियाँ विआरआई कार्ड चर्चा गरियो । तर त्यो होइन कुटनीतिक तहमा गर्नु पर्ने सम्वादलाई वास्ता नगरी चर्को राष्ट्रवादी बन्दा लिपुलेक, लिम्पियाधुराका बारेमा भारत टसमस छ । भारत र चीनले लिपुलेकलाई व्यापार विस्तार क्षेत्र भन्दै मान सरोबर यात्राको संगम भन्दा राष्ट्रवादको शंख फुक्ने ओली सरकार बोलेन । जबकि २०७२ सालमा यस्तै सम्झौता गर्दा सुशिल कोइराला नेतृत्वको सरकारले प्रतिवाद गर्दा दुवै देश हच्केका थिए । भारतीय दादागिरी सीमा नाकामा बढेको छ । विघौविघा जग्गा कब्जा गर्ने भारतीय पक्षसँग सीमामा खटेको सशस्त्र प्रहरी र स्थानीय प्रशासनको पहल केन्द्रीय तहको सम्बन्धसँग जोडिएको छैन । नेपालले भारतीय दादागिरीको पिडा चितवनको ठोरी परासीको सुस्ता महेशपुरले सहेको छ ।
भारतले आफ्नो एकछत्र राज चलाएको नेपालको कृषि बजारलाई करको दायरामा ल्याउन नेपालले खोज्दा असहमति जनाएको छ । नेपालमा विशाक्त तरकारीको बजार छ । देशकै तरकारीमा पनि विष बढी छ । काभ्रेको धुलिखेल क्षेत्रमा किसानले काउलीमा प्रयोग गरेको विष शहरी क्षेत्रमा भित्रेको छ । त्यहाँ किसानले काउली बेच्छन्, पात वस्तुलाई खुवाउँदैनन् । सरकारले यो पत्तो पाउँदैन । आफ्नै नागरिकप्रति उदासिन सरकार छ भने भारतको के कुरा ?
२०८१ माघ १७
ताजा नेपाल
२०८१ माघ १७
ताजा नेपाल
२०८१ माघ १७
ताजा नेपाल