Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

द्वन्दमा बितेका ओलीका ती दिन

एमाले अध्यक्ष केपि ओलीको पार्टी सत्ता र राजकीय सत्ता विवाद रहित र मेलमिलापमा भन्दा द्वन्दमा केन्द्रीत भए । ओलीले पार्टीलाई विधि सम्बत ढंगले चलाउन चाहेका थिएनन् । नवौ महाधिवेशनमा उनको गुट अल्पमतमा पुग्यो । नेतृत्व त उनले लिए । बामदेव र इश्वरको कारण ओली अध्यक्ष भएका हुन् । तर पनि केन्द्रीय समिति स्थायी समिति र पोलिट व्यूरोमा उनी अल्पमतमा थिए । एमाले विधि सम्बत चलाउन त्यो बेला भएको बाध्यत जब माओवादीसँग एकता भयो त्यस पछिका दिनमा ओली आफू बाहेक अर्काे पनि अध्यक्ष छन् भन्ने सोचेनन् । त्यसका लागि उपप्रम पद पाएका पार्टी महासचिव पद खोसिएका इश्वर पोख्रेलको साथ ओलीलाई भयो । आँफूले स्थान नपाउँदा विधि र प्रकृयाको हल्ला इश्वरले गरे । तर ठाँउ पाएपछि उनले ओलीलाई उक्साएर माओवादी पक्षलाई पे्ल्ने र खेद्ने अभियान मात्र चलाएनन् । पार्टी एकता पछिको रणनीतिमै एमालेको असफल औजार जनताको बहुदलीय जनवाद नत्याग्ने घोषणा गरे ।
आफ्ना अनुयायीहरु इश्वर पोख्रेल शंकर पोख्रेल पृथ्वी सुब्बा शेरधन राई, महेश बस्नेतहरुको जति पनि अपराध छन्, ओलीले आँखा चिम्म गरेका छन् । एमाले र माओवादी समानताका आधारमा एकता गरे । तर ओली र पोख्रेलले माओवादी एकताबाट आएको भन्दा एमालेमा विलय भए जस्तो व्यवहार गरे । चुनाव जित्न बहुमत ल्याउन माओवादीको साहारा लिने चुनाव सम्पन्न भएपछि एकता हुँदाका सम्झौता नीतिगत निर्णय कुल्चने काम तीनले गरे जुन अराजकताले अहिले एमाले कार्यदलको निर्माण गर्न बाध्य भयो । एमाले विवाद रहित कतै भएन । यसले पार्टी मै माधव, झलनाथ र बामदेव पक्ष भनेर पर्गेल्न थाल्यो । राम्रो काम गर्दा गर्दै गोकर्ण विष्ट योगेश भट्टराईहरु खेदिए लालबाबु पण्डीत हटाइए । लुटाहा शिरोमणि इश्वर सधै पदम रहनु पर्ने । उनीसँग जोडिएका अपराधी प्रवृत्तिका दिपक मनाङ्गे, हुक्याल लामा, अमिर गुरुङ्गहरुले एमालेको जबज धान्नु पर्ने दिन आए ।
सरकारको नेतृत्व गरे देखि नै ओली र उनको टिमका इश्वर पोख्रेलहरुले पार्टीको गणना गरेनन् । पार्टीको निर्देशन मान्ने कुरा त परै जाओस् । राजनीति नियुक्तिमा एकलौटी गराए । कुटनीतिक क्षेत्रलाई पंगु बनाउन थामसेर्कू समूहका प्रतिनिधि राजदूत बनाइए । देशको पहिचान सरकारले खटाएको प्रतिनिधिको हैसियतले दर्शाउछ । अहिले अमेरिकाका राजदूत भन्दा चिनीया राजदूत महेन्द्र पाण्डेको काम देखियो । विकासशील देशले विकासोन्मुख देशलाई शंकटका बेला सघाउ पर्याउने विश्वमान्यता छ ।

तर हाम्रो देशको परराष्ट्र सम्बन्ध कमजोर भयो । सत्ताका नायकलाई गुट भन्दा दायाँबाँया ध्यानै भएन । यो समयमा विभाजन बैमनश्यताको होइन । तर प्रमले अदालतलाई समेत कानून विपरित हिडाँए । संसदको गरिमा विरुद्ध अध्यादेश ल्याएर शासन चलाएका छन् । संसारले के भन्छ भन्ने सोचिएन । ६ जनाको संवैधानिक परिषदमा ३ जनालाई बहुमत मान्नु पर्ने अध्यादेश ल्याएर त्यही अनुसार काम भए । अन्र्तपार्टी कलहमा यस्ता कुरा जोडिएका छैनन् । विश्वमहामारी कोरोना कहरलाई खेलाँची गर्ने काम प्रधानमन्त्रीले नै गरे । निर्णय गर्ने त्यो अरुले कार्यन्वयन गर्नु पर्ने प्रम ओली धरहरामा सयौंको भिड बढाउने बालुवाटारमा जात्रा देखाएर देवघाट, माडी जस्ता ठाँउमा रमिता देखाउनु पर्ने । समूहगत रुपमा कोरोना फैलनुको कारण बालुवाटार, धरहरा, माडीको जमघटलाई पनि कारकका रुपमा लिनु पर्दछ । गल्ती पार्टी एकता र सरकार गठनको शुरुवात भएदेखि ओली कै छैन भन्नेहरुलाई बहुमतको सरकार अल्पमतमा पर्दा हेक्का हुनुपर्ने हो बोल्दा गल्ती भएछ । तर उनीहरुको यो मनपरि अझै हटेको छैन । महामारीका बेला कोरोनाका विरुद्धको औषध उपचारमा समेत कमिशन लिने र दिलाउने अभियान चलाइयो । भारतले जी टू जी सिष्टममा दिदै आएको कोरोना भ्याक्सीन रोक्न सुरज वैद्य, रितू सिहं वैद्य, मोती दुगड, अभिषेक दुगड,विजय दुगड सफल भए । त्यहाँ उपप्रम इश्वर पोख्रल सकृय रुपमा लाग्दा भ्याक्सीन रोकियो । यस बारेमा प्रधानमन्त्री ओली र उनको साइवर सेना चुपचाप छन् । जबकी १४ लाख जेष्ठ नागरिकले शेरम कम्पनिको भ्याक्सीन दोस्रो पटक लगाउन नपाएको सत्यता त पूर्वाग्रह होइन नि ।


सम्बन्धित समाचार