Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

‘द भ्वाइस अफ नेपाल ५’ को उपाधि विनोदले जिते

गायन रियालिटी सो ‘द भ्वाइस अफ नेपाल’ सिजन–५ को उपाधि विनोद राईले जितेको छन् । उनले अन्य तीन प्रतिस्पर्धीलाई पछि पार्दै आफ्नो पक्षमा नतिजा पार्न सफल भएका हुन् । उपाधिसँगै उनले २० लाख नगद प्राप्त गरे । उनी टिम मिलन नेवारबाट फाइनलमा प्रवेश गरेका थिए । ललितपुरको गोदावरीस्थित सनराइज हलमा शुक्रबार सम्पन्न फिनालेमा टिम राजेशबाट मकर बहादुर योन्जन फस्ट रनरअप बने । त्यस्तै टिम उदय सोताङबाट कुमार प्रयास राई सेकेण्ड रनरअप हुँदा टिम प्रमोदबाट नोगेन लिम्बु थर्ड रनरअप बने। उपाधिका लागि चार फाइनलिस्टबीच कडा प्रतिस्पर्धा भएको थियो । दर्शकले दिएको मतको आधारमा विजेता घोषित गरिएको आयोजकले जनाइएको छ। फिनालेमा प्रतिस्पर्धीसहित कोच र लोकस्टारका जज तथा फाइनालिस्टले समेत प्रस्तुति दिएका थिए ।


सम्बन्धित समाचार