Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी उपसभापति धनराज गुरुङलाई साक्षी राखेर सहकारी पीडितलाई राज्यको ढुकुटीबाट पैसा दिन नसकिने बताएका छन् । नेपाली कांग्रेसले सरकार ढल्ने हल्लामा कुनै सत्यता नभएको जनाएको छ । संसदीय दलको बैठकपछि प्रमुख सचेतक श्याम घिमिरेले सरकार एमालेसँग भएको सहमतिअनुसार २०८४ सम्म चल्ने बताए । उनले भने, सरकार परिवर्तनको कुरा कसैले गरेको छैन । सम्भावना पनि छैन । यो समीकरण संसदको बाँकी अवधिभर चल्छ । यो सात बुँदे सम्झौतालाई कार्यान्वयन गरेर पूरा अवधि चल्छ । प्रमुख सचेतक घिमिरेले सहकारी पीडितहरुको पैसा राज्यले परिपूरण गर्न नसक्ने पनि बताए । उनले भने, सरकारसँग त्यति सम्पत्ति पनि छैन । अहिले राज्य सक्षम छैन । जसले अपचलन गरेको छ, त्यसैबाट भराएर फिर्ता गराउनुपर्छ । त्यहीअनुसार अध्यादेश आएको छ । अध्यादेशले सहकारीमा फसेका पैसा फिर्ता ल्याउने मार्ग दिन्छ । उनले रास्वपा सभापति रवि लामिछानेलाई सरकारले प्रतिशोध नराखेको पनि बताए । चितवनबाट पोखरा लगेको विषयमा नेता शेखर कोइरालाले कुरा उठाए पनि कानूनअनुसार नै अदालती धरौटीमा छुटेको उनको भनाइ छ ।
२०८१ माघ १५
ताजा नेपाल
२०८१ माघ १५
ताजा नेपाल
२०८१ माघ १५
ताजा नेपाल