Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । राजनीतिलाई व्यवसाय बनाएर समाजमा विकृति भिœयाएका दलहरू जेनजी आन्दोलनपछि नाफा नोक्सानको जोखाना हेर्दैछन् । ठेकेदारी र व्यापारी पेशाका जण्डूहरूले पेशामा किनेको जनप्रतिनिधिबाट यति बेला आगोको मुस्लोमा होमिएको कन्दमुल बन्दैछ । अझै पनि काँग्रेसको विवेक खुलेको छैन । दिपक खड्का र शेरबहादुर देउवाले एकाएक पाएको सजायँ एमालेका डन केपी ओलीले पाएको भए बल्ल ठाउँमा आउँथे । सेना गुहारेर ज्यान जोगाएका केपी ओली खुलम खुल्ला भ्रष्टाचारी र माफियाको संरक्षक थिए । विचौलिया र दलाल बिना मदन भण्डारीले स्थापित गरेको जबज मोहनचन्द्र अधिकारीले धानेको पार्टी इज्जत, माधव नेपाल, झलनाथ खनाल, वामदेव गौतमले बनाएको एमालेको संगठन ओलीले ध्वस्त बनाएका छन् । जसको ०४६ को आन्दोलनमा कुनै भूमिका थिएन भने ०६२÷६३ मा बयलगाढाचढेर अमेरिका पुग्न सकिँदैन भन्दै थिए । यिनै ओलीले राष्ट्रघाती महाकाली सन्धि गर्न पार्टीको प्रतिवेदनको ख्याल नगर्दा राष्ट्रघाती महाकाली सन्धि भएको बिर्सन हुन्न ।
चुच्चे नक्साको विवाद त्यही गल्तीले चम्केको हो । संविधान घोषणा गर्दा राष्ट्रिय सहमति नहुँदा मधेशले विद्रोह गरेको थियो । यसको कारक उनै ओली थिए । काँग्रेससँग मिलेर नक्कली भुटानी शरणार्थी प्रकरण चम्काएर अन्तर्राष्ट्रिय रूपमा देशको बेइज्जत गरेका ओली र आरजुले सत्ता गठबन्धनलाई कमाईको खेती चम्काएकै थिए । भिजिट भिसा प्रकरण त पछिल्लो बदनामी हो । राज्यको श्रोत खर्च गरेर बनेको धरहरा मैले बनाएको, सुरुङ मार्ग मैले बनाएको, पेट्रोल खानी मेरै प्रयासमा उत्खनन् भएको भन्ने ओलीले झापामा २ अर्ब सकेर बनाएको टावर कामयावी हुन नसक्दा थकथक गर्दैनन् । उनको दम्ब र अहंकारले भाद्र २३ को कत्लेआम र २४ गतेको आगजनीको जिम्मेवारी प्रधानम्न्त्रीको नाताले लिन नसक्नु जस्तो अपराध अझै सिर्जना गर्दैछन् । पार्टीको एघारौं महाधिवेशनमा आफैं अध्यक्ष, आफैं प्रमुख अतिथि, आफैं कार्यक्रम प्रस्तोता भएर नेकपा एमाले भनेको केपी ओली हो भन्दै पार्टीका धम्पुसहरूलाई दलालको रूपमा खडा गर्दैछन् ।
गल्ती गर्दै चम्कदै ओली
एमाले नेतृत्वले संसद पुनस्र्थापनाका लागि काँग्रेसलाई कन्याउँदैछ । एमाले अस्थिरता चाहन्छ भन्ने कुरा मधेश प्रदेशमा त्यो पार्टी ठूलो दलको नाताले प्रदेश प्रमुखमार्फत् मुख्यमन्त्रीको नियुक्ति कार्यालयमा नगरी होटलमा गर्दा प्रमुखको पद खोसिँदा समेत चेतेको छैन । एमालेले भनेका कुरामा देश राजनीति चल्ने हो भने यहाँ संविधान र कानुनको अर्थ रहँदैन । संघीयतामाथि प्रहार गर्न एमालेको ओली पथ सफल छ । आफैंले सिफारिश गरेको प्रधानमन्त्रीलाई केपी ओलीले अस्वीकार गरेका छन् । संविधानको रक्षा गर्ने काम माओवादीले जसरी ग¥यो, रास्वपा र सानापार्टीहरू पनि गोलबन्द थिए तर केपी ओलीको एक्लो घमण्ड र दुस्साहसबाट जे जस्ता निर्णय भएका छन् त्यसले नेकपा एमालेलाई फाइदा छैन । वडा तहमा कार्यकर्ता क्रियाशील छन् । तर जेनजी आन्दोलनमा विद्यार्थीको हत्या गर्दा दुःख प्रकटसम्म नगर्ने केपीकै कारण युवा नेताहरू समेत लज्जित छन् । केपी ओली सामूहिकतामा होइन एकल हैकममा अडिग छन् । महासचिव शंकर पोखरेल र उपमहासचिव प्रदीप ज्ञवालीले ओली व्यवहारमा घुँडा टेकेर साथ र समर्थन गरे पनि उपाध्यक्ष र सचिवहरूले ओलीलाई ११औं महाधिवेशनमा अध्यक्ष पदमा प्रतिस्पर्धा गरेर बेइज्जत नकमाउन सुझाव दिने जतिलाई ओलीले किनारा लगाइरहेका छन् । ओलीकै स्वार्थमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई अब ठाउँ छैन, ईश्वरलाई पूर्व राष्ट्रपति विद्या भण्डारीले सघाउँदैछिन् । महाधिवेशनमा आफू बाहेक कसैले बोल्न नपाउने उद्घाटन शत्र, बन्द शत्र, निर्वाचनपछिको सम्बोधन आफैंले गर्ने ओलीले बताएर पार्टीभित्रको निरंकुशता दर्शाएका छन् । मंसिर ६ गते एमालेले जनप्रदर्शन गर्ने भन्दैछ । पार्टीभित्रकै विपक्षी टोलीले ओली व्यवहार रुचाएको छैन । ओलि भाद्र २३ र २४ को मुल दोषी हुन् । उनले छानविन आयोगलाई टेरेका छैनन् । ओली पक्राउ पर्ने सम्भावना छ । आयोगले प्रहरी लगाएर पक्रेर ल्याउँछ । ओली बोल्नैपर्छ । संविधान उल्लंघन गर्ने यिनै हुन् । तत्कालिन गृहमन्त्री, परराष्ट्रमन्त्रीलाई जसरी आयोगले निगरानीमा राखेको छ त्यसरी नै बयान लिन सक्छ । सेना, प्रहरी, सशस्त्र र गुप्तचरभित्र ओलीको निरंकुशकालमा दबाएर राखिएकै हो । समय सधैं एकनास हुँदैन । कम्युनिष्टको एकता भत्काउने बालुवाटारदेखि गिरीबन्धु हुँदै थामसेर्कु काण्डसम्म चम्काउने आलीको आर्थिक अराजकता संसारले देख्यो । बिचौलिया दिपक भट्टको काम हुने, थामसेर्कुले नेपाल ट्रष्टको सम्पत्ति कौडीको मूल्यमा प्रयोग गर्ने र एयरपोर्टबाट सुन तस्करी हुने सहिल अग्रवालले कालो बजार गर्दा कारबाही नहुने नेपाली युवालाई नक्कली भुटानी शरणार्थी बनाएर घुस खाने पर्यटन भिसामा पनि कुम्ल्याउने, राजश्व, सम्पत्ति सुद्धिकरण उपभोक्ता हित संरक्षण विभागसम्मलाई जनताका हितमा काम गर्न नदिने यो फसाउने शैलीले पनि एमाले बदनाम छ । एमालेले जितेका स्थानीय तहमा भ्रष्टाचार चम्काउने योजनाअनुसार ओली सरकार बनेको हो । काँग्रेसलाई कुलायन डा. आरजुु राणा बचाउनु थियो । राजनीतिमा विश्वासघात अोलीको पहिचान हो । अहिले उनै अोलीको व्यवहार नेताहरू हैरान छन् । ओलीलाई अगाडि सारेर जनतामा भोट माग्न जाने ठाउँ छैन । कुर्सी गुम्न खोज्दा गोलीले विद्यार्थी र युवा भुटेको जनताले देखेको छ । त्यो अवस्थामा एमाले जनको ठाढो शिर कसरी हुन्छ ? जेनजी पुस्तामाथि भएको दमनले आम जनता पीडित र आक्रोशित छन् । जुन उद्देश्यले सरकार बन्यो त्यो उद्देशयभित्र कुशासनको नियन्त्रण, भ्रष्टाचारीमाथि छानविन २३ र २४ का दोषीमाथि कारबाही र स्वच्छ भयरहित निर्वाचन हो । एमाले संसद पुनस्र्थापना निश्चित विषयवस्तुमा केन्द्रीत गरेर जेनजीको माग अनुसार कार्यकारी प्रमुखको व्यवस्था गर्ने गरी संविधान संशोधनमा जानुपर्छ भन्दैछ । निष्ठा, त्याग र बलिदानप्रति इमान्दार भएका नेताका रूपमा ओली थिए भने जनताले मान्न सक्थ्यो । तर बेइमानी र घातक चरित्र भएकाले ओलीको विश्वास गर्ने ठाउँ छैन । विश्वासघातले पार्टी चकनाचुर हुन्छ । ओलीको मंसिर ६ को सम्बोधन कुनै नयाँ नहुने निश्चित हुँदा एमालेको शक्तिमा तुषारापात नलाग्ला भन्न सकिँदैन ।
२०८२ फाल्गुन २७
ताजा नेपाल
२०८२ फाल्गुन २७
ताजा नेपाल
२०८२ फाल्गुन २७
ताजा नेपाल