Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

धर्मका आडमा धन्दा चलाउने भूपति (पीडितकी आमाकाे बयानसिहत)

काठमाडौं । समाजलाई बाटो देखाउने र सामाजिक सद्भाव कायम गर्ने काम धर्म गुरुहरुको हो । जसलाई समाजमा बौद्धिक, धार्मिक र सामाजिक अभियन्ताका रुपमा लिइन्छ । तर धर्मका नाममा स्थापित चरित्रहरुले आफ्नो मर्यादालाई भुल्दा बेलाबखत बदनाम हुने गरेका छन् । नेपालको राजनीति जस्तो छ त्यही चरित्रका धार्मिक अभियन्ताहरु भएका कारण यतिखेर समाजमा धर्मप्रतिको आस्था भत्कँदो छ । चाहे त्यो हिन्दूत्वका नाममा होस् या बौद्ध धर्मको नाममा किन नहोस् । विश्व शान्तिका अग्रदूत भगवान् गौतम बुद्धका अनुयायीहरु पनि धर्मको खोल ओडेर धन्दामा संलग्न भएको अवस्था छ । नेपाल धर्म निरपेक्ष राज्य घोषणा भएपछि राज्यको रेखदेखमा कुनै धर्मलाई पनि अधिनमा राखिएको छैन । त्यही कारण धर्मका नाममा हुने गलत प्रवृत्तिहरु मौलाएको अवस्थामा धर्म गुरु भूपतिबज्र लामा (चिनियाँ लामा) ले हङकङ्ममा आकर्षक रोजगारी दिलाई दिने भनी नेपालका गाउँघरका चेलीबेटिलाई हङकङ पु¥याइ त्यहाँबाट चिन, मकाउ र थाइल्यान्डमा मानव तस्करी गर्ने गरेको पीडितहरुले बताएका छन् । नेपालबाट लगिएका युवतीहरुलाई चिनियाँ लामाले हङकङमा आफ्नै निजि घरमा केही महिना काममा लगाउने र त्यसपछि जबर्जस्ती यौन धन्दामा लाउने गरेको र युवतीहरुले प्रतिरोध गर्दा यातना समेत दिने गरेको पीडितहरुले बताएका छन् । बौद्ध शिक्षा अध्ययन गराउन भनी गाउँघरबाट किशोरकिशोरीलाई ल्याउने तर बौद्ध शिक्षा अध्ययन गराउनुको साटो आफ्नै घरायसी काममा लगाउने काम उनले गरिरहेको समाचार सूत्रको दाबी छ । नेपाल सरकारले विश्व बौद्ध दर्शनलाई आत्मसात गरेको छ । त्यही कारण नेपाललाई शान्ति भूमिको रुपमा अन्तर्राष्ट्रिय जगतमा चिनाउने काम बौद्ध धर्मले गरेको छ । तर त्यस्तो पवित्र संस्थामा यस्ता ढोंगी भूपती बज्र लामालाई बौद्ध घ्याङ् गुठीको पुजारीका रुपमा ४ वर्षका लागि गुठी संस्थानले नियुक्ति गर्नु लज्जाको विषय हो । सधैं विवादमा परिरहने यस्ता पात्रलाई म्याद सकिएको २ वर्ष बितिसक्दा पनि नहटाई नयाँ पुजारी नियुक्ति नगरी उनैलाई काम चलाउको रूपमा राखिएका अवस्थामा स्थानीय बासिन्दाहरु गुठी संस्थानको नालायकीप्रति आक्रोशित हुनु स्वाभाविक हो । धर्ममा आडमा भूपतिबज्र लामाले श्रम स्वीकृति नै नलिई बिदेशमा कामदार लैजाने गरेका छन् । उनको यो धन्दालाई नेपालको काननुले मानव तस्करीको रुपमा लिन्छ । किनकि वैदेशिक रोजगार विभागको स्वीकृति विना कुनै पनि व्यक्ति वा समूहले कामदारलाई विदेश पठाउन पाउँदैन । लामाको धन्दा यहाँमात्रै सीमित छैन उनी नेपाली नागरिकतामा भूपती बज्र लामा रहेका छन् भने नेपालको ऐन कानून मिचेर नामको अगाडि परमपूजनीय थप गरेर कानुनलाई समेत चुनौती दिँदा छानविन गर्ने निकाय मौन छ । उनले आकर्षक रोगजारीको नाममा आफ्नी छोरीलाई विदेश पठाएर चर्को यातना दिएको काभ्रे नालाकी कृष्णमाया बोम्जनले बताएकी छिन् । उनले धर्म गुरुका नाममा धन्दा चलाउने भूपतीको कर्तुत यसरी खोलेकी छिन् ।