Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

धाँधली भएको भन्दै गोरखामा सुरु भएन मतगणना

पोखरा । गोरखामा अहिलेसम्म मतगणना सुरू हुन सकेको छैन । त्यहाँ नेकपा एमालेले पुनः मतदान हुनुपर्ने भन्दै निर्वाचन आयोगसँग माग गरेको छ । केही बुथमा निर्वाचनविरोधी कार्य भएको भन्दै पुनः मतदान गर्नुपर्ने एमालेको माग छ । आइतबार मतदानको समय सकिएपछि नेकपा एमालेले मुचुल्का उठाउने बेला हस्ताक्षर गर्न आनाकानी गरेको थियो । पछि मुचुल्कामा सही गरेर मतपेटिका भने उठाइएको थियो । तर, एमालेले आज सोही मुद्दा सर्वदलीय बैठकमा उठाउने देखिएको छ । एमालेका जिल्ला अध्यक्ष प्रेम गुरुङ अहिले आफूहरू बैठकमै रहेको र गठबन्धनबाहेकका दलमा साझा धारणा बनाउन लागेको बताए । चुनावमा गठबन्धनबाट धाँधली भएको र स्वतन्त्र वातावरण पनि नदिएको उनको आरोप छ । बेलुकासम्म केही निर्णय गर्छौं, अहिले छलफलमै छौँ । गठबन्धन बाहेकका दलको साझा धारणा बन्छ, उनले भने । कांग्रेस नेता तथा गोरखा १ का उम्मेदवार राजेन्द्र बजगाईंले भने, हिजो मतपेटिका उठाउने बेलामा पनि फण्डा भो, प्रचण्डजी र मेरो दुवैको क्षेत्रमा निवेदन हालेका छन् । यस्तै जिल्लाको चुम्रुनबीबाट मतपेटिका अहिलेसम्म पनि ल्याइएको छैन । मतपेटिका हेलिकप्टरमा ल्याउने तयारी गरिएको छ । चुम्रुनबीको मतपेटिका ल्याइएपनि एमालेको विरोधमा मतगणना अझै ढिला हुने देखिएको छ ।