Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

धादिङका सैनिक हवल्दारको हत्या साथीबाटै

चितवन । भरतपुर–१७ मा मृत भेटिएका सैनिक हवल्दार भरत गुरुङको हत्या आरोपमा उनकै साथी पक्राउ परेका छन् । भरतपुर– २१ का गंगाधर ढकाल भरतपुर– २० चनौलीबाट पक्राउ परेका हुन् । उनी दि फेमस महिन्द्र दल गण शिवपुरीमा कार्यरत सिपाही हुन् । भरतले जग्गा पासका लागि चितवन आउनुपर्ने खबर गरेपछि गंगाधर उनलाई लिन काठमाडौं पुगेका थिए । प्रहरीका अनुसार उनी गंगाधरको मोटरसाइकलमा चितवन आएर होटलमा बसेका थिए । भरतले बोकेर ल्याएको झोला भरतपुर– ११ शारदानगरस्थित माइला बुबाको घरमा राखेर सँगै घुम्न निस्केका थिए । खाजासहित अत्यधिक रक्सी खुवाएर गंगाधरले भरतलाई घुमाएका थिए । पिसाव फेर्ने बहानामा मोटरसाइकल झरेपछि गंगाधरले भरतलाई दायाँ कानबाट गोली हानेर हत्या गरेर कुलोमा फालेर भागेका थिए ।
गंगाधारले हत्यामा प्रयोग भएको एसएमजी बन्दुक बीसहजारी ताल गेट नजिक फालेका थिए । २ गते भरतको ग्लोबल बैंकको खाली चेक लिएर आएपछि गंगाधारले १ लाख आफूले राखेर, श्रमतिलाई, ६ लाख र बुबालाई २ लाख दिएका थिए । मृतक ३६ वर्षीय भरत गुरुङ धादिङ नीलकण्ठ– १३ का हुन् । उनी दि फेसम दल गण शिवपुरीमा सैनिक हवलदारका रुपमा कार्यरत थिए ।


सम्बन्धित समाचार

सन्दीपले भिसाका लागि फेरि प्रयास गर्ने

२०८१ आश्विन २५

ताजा नेपाल

गुल्मीमा जिप दुर्घटना

२०८१ आश्विन २५

ताजा नेपाल

बिपी राजमार्ग आजदेखि सञ्चालनमा

२०८१ आश्विन २५

ताजा नेपाल