Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

धादिङकी १७ वर्षीया किशोरी सतुंगलमा मृत भेटिइन्

काठमाडौं । काठमाडौँको सतुंगलमा १७ वर्षीया किशोरीको हत्या भएको छ। प्रहरीका अनुसार धादिङको गजुरी गाउँपालिका–४ घर भई चन्द्रागिरी नगरपालिका–१०, सतुंगलस्थित खरिबोटमा बस्ने सरिता तामाङ आफ्नै डेरामा मृत भेटिएकी हुन्। प्रहरीको प्रारम्भिक अनुसन्धानले उनको हत्या भएको देखाएको छ। यस विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, एसपी नवराज अधिकारीले जानकारी दिए। यस विषयमा केही बेरमा विस्तृत जानकारी आउने उनले बताए।


सम्बन्धित समाचार