Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

धादिङबेसीमा गरिमा विकास बैङ्क

काठमाडौँ । गरिमा विकास बैङ्क लिमिटेडले नीलकण्ठ नगरपालिका धादिङबेसीमा स्थापित धादिङबेसी शाखा कार्यालयको औपचारिक उद्घाटन कार्य सम्पन्न गरेको छ । उक्त शाखा कार्यालयको उद्घाटन नीलकण्ठ नगरपालिकाका नगर प्रमुख भीमप्रसाद ढुङ्गानाले गरेका हुन् । कार्यक्रममा बोल्दै विकास बैङ्कका सञ्चालक श्यामप्रसाद बस्यालले व्यवसायिक दृष्टिले प्रचुर सम्भावना बोकेको धादिङबेसी आसपास क्षेत्रका उद्यमीहरूलाई आवश्यक पुँजी उपलब्ध गराई त्यस क्षेत्रको औधोगिक तथा व्यवसायिक विकासमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास रहेको बताए । उद्घाटन कार्यक्रममा नीलकण्ठ नगरपालिकाका नगर प्रमुख भीमप्रसाद ढुङ्गाना, नीलकण्ठ नगरपालिकाका वडा नं. ३ का वडाध्यक्ष होमनाथ रिजाल, धादिङ उद्योग वाणिज्य सङ्घका अध्यक्ष रुद्रबहादुर खत्री, विकास बैङ्कका सञ्चालक विमल पाण्डे, नायब महाप्रबन्धक माधवप्रसाद उपाध्याय लगायतले मन्तव्य राखेका थिए । गरिमा विकास बैङ्कले काठमाडौँ उपत्यकाभित्र १० वटा शाखासहित देशभर ९० शाखा, ५१ एटीएम र गरिमा रेमिटका करिब १०,००० एजेन्टमार्फत् ग्राहकहरूलाई सेवा प्रदान गर्दै आइरहेको छ । विकास बैङ्कले २०७६ पौष ५ गतेसम्म ३६ अर्ब ५० करोड निक्षेप सङ्कलन गरी ३२ अर्ब ७५ करोड कर्जा लगानी गरेको छ ।


सम्बन्धित समाचार

आज पनि अति भारी वर्षाको सम्भावना

२०८१ आश्विन १२

ताजा नेपाल

कुलेखानी भरियो, खोलियो दुवै ढोका

२०८१ आश्विन १२

ताजा नेपाल