Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

धितोपत्र बोर्डको अध्यक्षमा भीष्मराज ढुंगाना नियुक्त

काठमाडौं। सरकारले नेपाल धितोपत्र बोर्डको अध्यक्षमा भीष्मराज ढुंगानालाई नियुक्त गरेको छ। सोमबार बसेको मन्त्रीपरिषद्को बैठकले आगामी चार वर्षका लागि ढुंगानालाई नियुक्त गरेको हो। नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशकबाट केही समयअघि अवकाश भएका ढुंगाना अहिले बोर्डको विज्ञ सञ्चालक छन्। उनलाई अध्यक्ष बनाउनकै लागि बोर्डको सञ्चालक नियुक्त गरिएको थियो।
केही दिनअघि नै अर्थमन्त्रालयले ढुंगानासहित अन्य दुई जनाको नाम प्रधानमन्त्री कार्यालयमा पठाएको थियो। ढुंगानाले नेपाल राष्ट्र बैंकको विदेशी मुद्रा विनिमय विभागमा लामो समय काम गरेका थिए।
ढुंगाना राष्ट्रपति विद्यादेवी भण्डारी निकट मानिन्छन्। उनलाई नियुक्त नगर्ने पक्षमा अर्थमन्त्री डा. युवराज खतिवडा थिए। तर शीतल निवासको दबाबमा पुँजी बजारको नियामक प्रमुखको जिम्मेवारी दिन खतिवडा बाध्य भएका हुन्।
विदेशी विनिमयका कतिपय महत्वपूर्ण निर्देशिकाहरू ढुंगानाकै पहलमा तयार भएका हुन्। उनको पहलमा पहिलोपटक हेजिङ फण्डको नियमावली मस्यौदा भएर सरकारले पारित गरेको थियो। प्रत्यक्ष वैदेशिक लगानीलाई भित्र्याउन नीतिगत सहजीकरण गर्नु पर्छ भन्ने मान्यता राख्ने ढुंगानाले पुँजी बजार सुधारका क्रममा बाँकी रहेका अवरोधहरूलाई हटाउने बताए।


सम्बन्धित समाचार

आज पनि अति भारी वर्षाको सम्भावना

२०८१ आश्विन १२

ताजा नेपाल

कुलेखानी भरियो, खोलियो दुवै ढोका

२०८१ आश्विन १२

ताजा नेपाल