Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्षका लागि तीनजना सिफारिस भएका छन्। अर्थ मन्त्रालयले गठन गरेको सिफारिस समितिले अन्तर्वार्ताबाट छनौट भएका पाँच उम्मेदवारमध्ये सन्तोष श्रेष्ठ, मुक्तिनाथ श्रेष्ठ र डा नवराज अधिकारीको नाम सिफारिस गरेको सिफारिस भएकामध्ये छ । धितोपत्रसम्बन्धी ऐन २०६३ मा अध्यक्ष नियुक्तिका लागि अर्थ मन्त्रालयबाट गठित सिफारिस समितिले तीन जनाको नाम छनौट गरेर अन्तिम निर्णयका लागि मन्त्रिपरिषदमा पठाउनुपर्ने व्यवस्था छ। सोहीअनुसार समितिले सिफारिस गरेका तीन जनाबाट मन्त्रिपरिषदले एक जना अध्यक्षका लागि छनौट गर्नेछ। पहिलो चरणको अन्तर्वार्ताबाट छनौट भएका पाँच उम्मेदवारमध्ये सन्तोष श्रेष्ठ र बोर्डका कार्यकारी निर्देशक मुक्तिनाथ श्रेष्ठले यसअघि नै अन्तवार्ता दिएकोमा बाँकी रहेका नेपाल स्टक एक्स्चेन्जका प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर कार्की र बोर्डकै कार्यकारी निर्देशक डा नवराज अधिकारीले पनि आइतबार अन्तर्वार्ता तथा कार्ययोजना प्रस्तुत गरेका थिए।
२०८१ मंसिर १०
ताजा नेपाल
२०८१ मंसिर १०
ताजा नेपाल
२०८१ मंसिर ९
ताजा नेपाल