Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

धोका दिने दश भाईमा तिन उत्रिए

काठमाडौं । विचारको लडाइँ छैन, कार्यक्रममा चासो थिएन तर पनि केपी आली र ईश्वर पोखरेल मिलेर माधव र झलनाथ खेदेका थिए । माले कालको कोशी प्रान्तीय समूहबाट आएका ईश्वर पोखरेलको साथले नेताहरू अगाडि बढेका हुन् । सत्तामा रहँदा बदनामी कमाएका कारण पनि पोखेल सर्व स्वीकार्य भएनन् । बरु महासचिव पदका प्रत्यासी सुरेन्द्र पाण्डेले इज्जतको मत पाए । योगेश भट्टराई, गोकर्ण विष्टले उपाध्यक्ष र उपमहासचिव पद जितेर रघु पन्तसँग १० भाईको इज्जत जोगाए । हिजो पार्टी फुटाउन माधवलाई उकास्ने शेरबहाुदर तामाङलाई प्रतिष्ठा बचाउनु थियो । समय सधैं एकै रूपको हुँदैन ।
मोरङका गुरु बराल, नुवाकोटका विष्णु रिमाल अर्थ न बर्थ गोविन्द गाई भने जस्तै सन्दर्भ मिल्नु छैन विश्व विद्यालयको दिक्षान्त समारोहमा केपी ओलीलाई फुटबलको पेले बनाउने कृष्णगोपाल श्रेष्ठ हुन् कि हकी स्वाभावका गोकुल बास्कोटा सचिवमा थन्कनु पनि अध्यक्ष ओलीका लागि उत्तम लाग्दो हो । एमालेमा केपी ओली टिम नेतृत्वमा आउनु विपक्षीका लागि चुनावी मसला बन्ला तर गुटको आधारमा प्रदेश र जिल्लाले छानेका प्रतिनिधिले ओलीको सत्ताकालको राज्य लुट र ध्वंश बारे चासो नदिएको प्रतिफल चुनावमा राम्रैसँग पाउने निश्चित छ । यहाँ ईश्वर पोखरेल पछारिएका होइनन् । २/२ पटक राष्ट्रपति भएर राज्यको सेवा सुविधा त्यागेर पार्टी राजनीतिमै फर्कन्छु भन्दा आफ्नो प्रतिस्पर्धी विद्या नबनुन् भन्ने प्रमुख उद्देश्य ओलीको थियो त्यो पूरा भएको छ । आफैंले ध्वस्त बनाएको भौतिक संरचनाको आगो तापेर पार्टीलाई पुनस्र्थापित गर्छु भन्ने ओलीको अपेक्षा पूरा हुन समय लाग्छ । तर एमालेको लागि मात्र ठाउँ छोड्ने अवस्था छैन र हुँदैन । आज नेकपा एमाले ठूलो दल त भयो तर त्यसका नीति, कार्यक्रम पुरानै छन् ।

बदनाम गर्ने ओली र प्रचण्ड
पद र कुर्सीका लागि जहाँ जो सँग पनि मिल्ने ओली र प्रचण्ड नै कम्युनिष्ट पार्टीको बदनाम गरेका छन् । माधव नेपाल आफैं पतञ्जली काण्डमा फसेका छन् । पुरानालाई संसदबाट मात्र होइन पार्टीबाटै बिदाई गर्नु पर्ने जेनजी पुस्ताको योजना पार्टीभित्र प्रवेश गर्न नसकेको प्रमाण ओली जस्ता अघोरी नेता तेस्रो पटक अध्यक्ष निर्वाचित हुनु हो । एमाले, माओवादी विकल्पमा आएका ईश्वर पोखरेल आफैं भष्मासुर हुन् । जो नेपाल ट्रष्ट भाडा काण्ड, ओम्नी काण्ड, विभूषण सिफारिश काण्डमा जोडिँदा रक्षामन्त्रीको इज्जत समेत जोगिएन । ओलीलाई निर्वाचन क्षेत्र रोज्नकै लागि भक्तपुर २ मा महाधिवेशन स्थल बनाइएको हो । सेनाको व्यारेकबाट निस्केर गुण्डुमा डेरा बसेका ओलीले बालकोटको दरबार ट्रष्टको नाममा दिएको घोषणा गरेकाले मर्मत पनि नगर्ने भनेका छन् । त्यो ट्रष्टको सञ्चालक को हो ? ओली आफैं हुन् कि उनका सुण्ड मुसुण्ड छन् ? किन यस्ता कुरा लोप हुन्छन् । ओलीले पार्टी विभाजन गर्ने तत्व थन्किएको बताएका छन् । एमालेको कुन त्यस्तो नीति र कार्यक्रम छ केपी ओलीको र बामपन्थीहरू एकता गर्लान् । जो आफू सबै थोक ठान्छ, विपक्षी मत रुचाउँदैन, बाद विवादमा प्रतिस्पर्धा गर्न सक्दैन । मौका पर्दा पार्टीभित्रै षड्यन्त्र गर्ने ओली गुटमा अन्य वामपन्थी को मिसिएलान् ?

सुदूरपश्चिम र मधेश हेपियो
एमाले भेगिय माहोल हरायो । सुदूरपश्चिममा उपमहासचिव लेखराज भट्ट, मधेशमा रघुवीर महासेठ पदाधिकारी त भए तर सचिव निर्वाचित हुन सकेनन् । नेकपा एमालेमा आजको नेतृत्वले भोलिको बाटो निर्धारण गर्नुपर्छ । अध्यक्षको चाहना आफू सर्वसम्मत हुँ अरुको निर्वाचन होस् भन्ने थियो । उनले पार्टीका प्रदेश र जिल्ला तहमा समेत सर्वसम्मत होस् भनेका थिए । तर प्रतिस्पर्धा लोकतन्त्रको होस् भन्ने थियो । त्यो भएको छ । अब पार्टीका भावी कार्यक्रमले संगठनको स्वरूप निर्धारण गर्दछ । आफूसँग पराजित भएकाहरूलाई ओलीले कस्तो साथ लिन्छन् त्यो नै भविष्यको दलीय निर्धारण गर्नेछ ।


सम्बन्धित समाचार

रास्वपालाई समानुपातिकमा ७५ प्रशित मत

२०८२ फाल्गुन २३

ताजा नेपाल

नेमकिपाको गढ रास्वपाको कब्जामा

२०८२ फाल्गुन २३

ताजा नेपाल