Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

ध्वस्त एमाले कार्यालयको बोर्डमा अटाएनन् ओली

काठमाडौँ । जेन जी आन्दोलनका ध्वस्त पारिएको नेकपा एमालेको च्यासलस्थित कार्यालयमा अध्यक्ष केपी शर्मा ओलीको तस्बिरबिनाको ब्यानर टाँगिएको छ । आगजनी गरिएको पाँच दिनपछि एमाले कार्यकर्ताहरूले च्यासलस्थित केन्द्रीय कार्यालयमा ओलीको तस्बिरबिनाको ब्यानर झुन्ड्याएका हुन् । फेरि उठ्ने छौँ, लेखिएको उक्त ब्यानरमा नेकपाका संस्थापक पुष्पलाल श्रेष्ठ र मनमोहन अधिकारी तथा जननेता मदन भण्डारीको फोटो मात्रै राखिएको छ। ब्यानरमा ‘नेकपा एमालेको एकता बचाऊँ, कम्युनिस्ट आन्दोलनको रक्षा गरौँ’ पनि लेखिएको छ । यति बेला ओली सेनाको कुनै ब्यारेकमा सुरक्षित रहेका छन् । अब उनी त्यो ब्यारेकबाट कहिले निस्कने टुंगो छैन । यसअघि भदौ २० देखि २२ गतेसम्म भएको एमालेको दोस्रो विधान महाधिवेशनमा ओली एकछत्र देखिन्थे । गोदावरीमा भएको विधान महाधिवेशनमा ओलीकै मात्रै तस्बिर ब्यानरदेखि सडकका गेटमासम्म टाँगिएको थियो। तर जेन जीको आन्दोलनले उलटफेर हुँदा ओलीबिनाको एमाले परिकल्पना गरिएको हो । पछिल्लो पटक उपाध्यक्ष अष्टलक्ष्मी शाक्यको नेतृत्वमा एमाले अघि बढाउने चर्चा चलेको छ । तर अहिले एमाले अध्यक्ष ओली, महासचिव शंकर पोखरेल र अन्य पहिलो तहका नेता बिदा भएर अब एमालेलाई दोस्रो तहकाले कमान्ड गरर पुनर्जागरण गर्नुपर्ने कुरा चर्को रुपमा उठिरहेको छ ।


सम्बन्धित समाचार

बालेन र रवि प्रवृत्ति कति टिक्छ ?

२०८२ फाल्गुन २६

ताजा नेपाल

के गर्लान् दलाल र भरौटेहरू ?

२०८२ फाल्गुन २६

ताजा नेपाल

रवि र बालेनलाई मोदीको बधाई

२०८२ फाल्गुन २६

ताजा नेपाल