Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाण्डौ । कुनै बेला मधेसका शत्रुका रुपमा रहेका प्रधानमन्त्री केपि ओलीको पक्षमा उत्ताउलो बनेर लागेका राजेन्द्र महत्तो कानूनी रुपमा जनता समाजवादी पार्टी नेपालको संसदीय दलको नेतामा चयन भएको प्रचार गर्दा सो पद खारेज हुने भएको छ ।
जसपा नेपालका अध्यक्ष महन्थ ठाकुर पक्षका बहुमत सांसदको बैठकले पार्टीका वरिष्ठ नेता महतोलाई संसदीय दलको नेतामा चयन गरेको थियो । तर विधिवत, प्रकृया पुर्याएर नगरिएको कारण सो पद हाललाई खारेज गर्ने सहमति भएको जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले बताएका छन् । जसपा नेपालका अध्यक्षद्वय ठाकुर र यादवबीच भएको छलफलका आधारमा त्यसलाई खारेज गर्ने सहमति भएको हो । नेता महतोलाई गुटबन्दी तरिकाले पार्टीको विधान, प्रकृया मिचेर संसदीय दलको नेता बनाएको कारण त्यसलाई खारेज गरिएको बताउँदै उनले अब विधि र प्रकृयाबाट संसदीय दलको नेता चाँडै चयन हुने बताएका छन् ।
प्रमओलीलाई टिकाउन भक्तपुरको रिसोर्टमा मोजमस्तीमा सहभागी भएका सांसदको छलफलले महतोलाई संसदीय नेतामा चयन गरेको थियो । उनी संसदीय दलको नेतामा चयन भएको कुरा पार्टीबाट आधिकारीक जानकारी नगराइ ठाकुरको आधिकारिक फेसबुकबाट गराइएको थियो । महतोलाई पार्टीका शीर्ष नेता तथा विभिन्न व्यक्तिहरुले बधाई पनि दिएका थिए । जसपा नेपालका अध्यक्ष यादव समूहले महतोलाई संसदीय दलको नेता बनाएकोमा आपत्ति जनाउँदै आएको थियो ।
२०८२ चैत्र ४
ताजा नेपाल
२०८२ चैत्र ४
ताजा नेपाल
२०८२ चैत्र ४
ताजा नेपाल