Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

नक्कली बिल बनाएर कपडाको तस्करी

काठमाडौं । सुनसरी जिल्लाको कोशी गाउँपालिका ८ स्थित तीनकुनेबाट एपीएफ टोलीले भाद्र २० गते करीव दुई लाख ६ हजार रुपैयाँ बराबरको लत्ताकपडा बरामद गरेको छ । बिराटनगरबाट कटारीतर्फ आउँदै गरेको ना ५ ख ११३३ नम्बरको यात्रुवाहक बसमा नम्कली बिल बनाई लैजाँदै गरेको उक्त लत्ताकपडा सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट हरिपुरबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो । बरामद लत्ताकपडा एपीएफ टोलीले आवश्यक कारवाहीको लागि सेतुबन्धु मुल भन्सार कार्यालय कोशी व्यारेजमा बुझाएको छ । यसैगरी सशस्त्र प्रहरी बल, नेपाल नम्बर १० गण हेक्वा सर्लाहीबाट खटिएको एपीएफ टोलीले भाद्र २० गते करीव दुई लाख तीन हजार रुपैयाँ बराबरको हार्डवयरका सामान बरामद गरेको छ । सर्लाहीको मधुवनबाट काठमाडौंतर्फ जाँदै गरेको ना ४ ख ३१९६ नम्बरको यात्रुवाहक बसमा लुकाई छिपाई लैजाँदै गरेको उक्त हार्डवयरका सामान एपीएफ टोलीले सर्लाही जिल्लाको गोडेता नगरपालिका ६ बाट बरामद गरेको हो । एपीएफ टोलीले बरामद सामान आवश्यक कारवाहीको लागि स्थानीय भन्सार कार्यालयमा बुझाएको छ ।