Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

नक्कली भुटानी शरणार्थी प्रकरणमा आज आदेश आउने, नेतालाई उन्मुक्ति दिने तयारी

काठमाडौं । यहाँ सानालाई ऐन, ठूलालाई चैत छँदैछ । नक्कली भुटानी शरणार्थी प्रकरणमा झुक्किएर परेका राजनीतिक दलका छाता ओडेका महाशयहरुलाई छाड्ने बाटोको खोजीमा राजनीतिक दल र सिंगो सरका लागेको छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा आज आदेश आउन सक्ने सम्भावना रहेको छ । पाटन उच्च अदालतमा काठमाडौं जिल्ला अदालत काठमाडौं जिल्ला अदालतले दिएको थुनछेक आदेशविरुद्धको पुनरावलोकन निवेदनमाथि बहस गत सातादेखि जारी रहेको छ । मङ्गलवार नक्कली भुटानी शरणार्थी प्रकरणका २० प्रतिवादीको बहस सकिएको छ । हिजैबाट सरकारी वकिलले बहस जारी राखेका छन् । सरकारी वकिलको बहस सकिएपछि आजै आदेश आउन सक्ने सम्भावना रहेको छ । काठमाडौं जिल्ला अदालतले यसअघि १६ जनालाई थुनामा राख्ने आदेश दिएको थियो । श्रोतका अनुसार राजनीतिक दलका नेताहरुलाई भने आज छाडिने संकेत पाइएको छ ।