Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

नक्कली मदिरा बनाएर बेच्ने कारागार चलान

 नक्कली मदिरा बनाएर बेचबिखन गर्ने मामा भान्जा पुर्पक्षका लागि कारागार चलान हुनुभएको छ ।

काठमाडौं जिल्ला अदालतले रामेछापको खाँडादेवी गाउँपालिकाका २८ वर्षीय मनोज खत्री र ३६ वर्षीय विनोद कुमार कार्कीलाई थुनामा पठाउन आदेश दिएको हो ।

गत माघ २ गते काठमाडौंको थलीमा रहेको नक्कली मदिरा उत्पादन गर्ने कारखानमा प्रहरीले छापा मारेर मामा भान्जालाई पक्राउ गरेको थियो । मामा भान्जासँगै पक्राउ पर्नुभएका सिन्धुलीका २८ वर्षीय गौरव तामाङ भने ४० हजार धरौटीमा रिहा हुनु भएको छ ।

यस्तै, एक जना नाबालकलाई ‘जिम्मा जमानी’ मा छोडिएको छ ।

अभियुक्त सुमन नगरकोटीसँग १ लाख, लेख विक्रम थापासँग ४० हजार, मनिष खत्रीसँग १५ हजार, महेश खत्री १५ हजार र मोहन खड्कासँग १५ हजार धरौटी माग गरेको छ ।