Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

नक्कली रक्सीले लियो ३८ जनाको ज्यान

नयाँदिल्ली । भारतको पञ्जावमा नक्कली रक्सी पिउँदा ३८ जनाको मृत्यु भएको छ । पञ्चावको अमृतसर, बटाला र तरन तारण जिल्लामा नक्कली रक्सी पिएका ३८ जनाको मृत्यु भएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । घटनापछि त्यहाँका मुख्यमन्त्री क्याप्टेन अमरिंदर सिंहले जालंधरका कमिश्नरका नेतृत्वमा अनुसन्धान गर्न निर्देशन दिएका छन् । भारतकै आंध्र प्रदेशमा स्यानिटाइजर खादा १० जनाको मृत्यु भएको छ । रक्सी दोकान बन्द भएपछि तलतल मेटाउन स्यानिटाइजर नै खाएका १० जनाको मृत्यु भएको भारतीय प्रहरीले जनाएको छ ।